नेभिगेशन
मुख्य समाचार

बागमती प्रदेशको मुख्यमन्त्रिमा इन्द्रबहादुर बानियाँ नियुक्त

हेटौँडा । इन्द्रबहादुर बानियाँ बागमती प्रदेश मुख्यमन्त्रि नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्रिमा नियुक्त भएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बानियाँले सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका थिए । 

कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त रूपमा प्रदेश प्रमुख देवकोटालाई बुझाइएको पत्रमा बानियाँलाई मुख्यमन्त्री बनाउन कांग्रेसका ३७ जना प्रदेशसभा सदस्य र एमालेका २७ जना प्रदेशसभा सदस्य गरी ६४ जना प्रदेशसभा सदस्यहरूको समर्थन रहेको दाबी गरिएको थियो । 

यही साउन १४ कांग्रेस संसदीय दलको नेता  चयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । त्यसपछि यसअघि प्रदेश प्रमुख देवकोटाले आज दिउँसो २ः०० बजेसम्मको समय सीमा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...