नेभिगेशन
समाज

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

अमेरिका । विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गर्नुभएकी उषा बिष्टलाई ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा एक कार्यक्रमबीच सम्मान गरिएको हो । नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस, नेपलिज् मेडिकल एसोसिएसन लगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभव प्रस्तुत गरेका थिए ।

Ncell
Extreme Energy

कार्यक्रममा उपस्थित नेपाली समुदायले उनीहरुको अनुभव सुनेपछि भावुक हुँदै हिमाल आरोही दुवै जनालाई सम्मान गरेका थिए । सो अवसरमा फोटोपत्रकार एवं हिमाल आरोही श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमालसमेत आरोहण गरेको र १३ दिनको अवधिमा तीनपटक सगरमाथाको चुचुरोमा पुगेको रोचक अनुभव सुनाएकी थिइन ।   

त्यस्तै, आरोही उषा बिष्टले आफूले दुईपटक सगरमाथा आरोहण गर्नाका साथै नेपाल, संयुक्त राज्यअमेरिका, रुस र अष्ट्रेलियाका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको जानकारी दिइन । हिमाल आरोही बिष्ट सगरमाथा आरोहण गर्नै सुदूरपश्चिमकी पहिलो महिला हुन् ।

कार्यक्रममा ड्यालस क्षेत्रका नेपालीहरूले हिमाल आरोही श्रेष्ठ र बिष्टले देखाएको अद्वितीय साहस, सङ्कल्प र राष्ट्रिय गौरवको प्रशंसा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

मतदान ढिलो भएकामा माफी माग्दै गगन थापाले भने: पार्टीमा कुनै गुट छैन, भ्रममा नपरी आफ्नो विवेकले भोट हाल्नुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूचीहरू आधिकारिक नभएको स्पष्ट पारेका छन् । उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै...
भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

भारतमा स्टारलिंक रोकिएपछि एलन मस्कको आक्रोश : के अम्बानी भारतको असली बोस हुन् ?

प्रसिद्ध अमेरिकी उद्योगपति एलन मस्कले भारतमा आफ्नो भूउपग्रहमा आधारित इन्टरनेट सेवा 'स्टारलिंक' को प्रवेशलाई स्थानीय उद्योगपतिहरूले रोकिसकेको आरोप लगाएपछि नयाँ तरंग पैदा भएको छ ।
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।