नेभिगेशन
मुख्य समाचार

नवनियुक्त मुख्यमन्त्री बानियाँद्वारा सपथग्रहण, ८ मन्त्री नियुक्त

बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई केही बेरअघि हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथग्रहण गराए । 

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
 
नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । 

 आजै मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गरेका छन् । 

यी हुन् नवनियुक्त मन्त्रीहरु

१)शिवराज अधिकारी, विना विभागीय
२) कृष्ण तामाङ, खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालय
३)किरण थापा मगर, स्वास्थ्य मन्त्री
४) जयराम थापा, श्रम, रोजगार तथा यातायात मन्त्री
५)भरतबहादुर केसी, वन तथा वातावरण मन्त्री
६)मधुसुधन पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री  
७)डा. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार विकास मन्त्री
८)बिन्दु श्रेष्ठ, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...