नेभिगेशन
मुख्य समाचार

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाखले गरे हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले टोल समन्वय समूह बनाउने भएको छ । रास्वपका प्रवक्ता मनिष झाका अनुसार यो समूह वडाभन्दा तल्लो स्तरमा रहेर पार्टीका क्रियाकलापको अभ्यास गर्ने छ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए। 

झाका अनुसार  टोल समन्वय समूहको संयोजक  रहने र संयोजकले पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने व्यवस्था हुनेछ।  समूहमा संयोजक, उपसंयोजक, टोल सदस्यहरु रहने छन् । 

साथै रास्वपाले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ। यस्तै साउन २३ गते केन्द्रीय समितिको बैठक बोलाउन निर्णय गरेको छ ।  यस्तै रास्वपा सभापति लामिछानेको पक्षमा ३२ लाख हस्ताक्षर संकलन भएको प्रवक्ता झाले जानकारी दिए । उनका अनुसार यो अवधीमा ५६ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको  छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...
महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको विद्युत् नियमन आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको विद्युत् नियमन आयोगको ठहर

आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि सुनवाई गरेको हो । ती उद्योगले प्राधिकरणबाट लिएको डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत्को महशुल तिर्न लामो समयदेखि अटेर गर्दै...
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

वार्षिक प्रतिवेदनअनुसार आव २०८१र८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८०...