नेभिगेशन
समाज

राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानमाथी छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निष्कर्ष निकालेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले सो निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निजामती सेवा विधेयकको मस्यौदामा कुलिङ अफ पिरियडलाई छेडखानी गरेको सम्बन्धमा गठन गरिएको छानबिन समितिले मंगलबार संसदमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको छ । खतिवडाले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रास्वपाले यसैमा टेकेर खतिवडाको राजीनामा माग्ने निर्णय गरेको हो । 

Ncell
Extreme Energy

रास्वपाको मंगलबार बसेको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ भने, सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी पार्टीको विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले बताए । समय अभावका कारणले मंगलबार सो विषयमा छलफल गर्न नभ्याइएको ले अर्को वैठकमा थप छलफल गरेर पार्टीको विधान संसोधन गर्ने प्रवक्ता झाले जानकारी दिए । 

रास्वपाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरेको छ । त्यस्तै, रास्वपाको मंगलबारको बैठकले रुपन्देहीमा उपचुनाव लड्ने उदेश्यले पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन समेत स्वीकृत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
उकालो लाग्यो अमेरिकी डलरको भाउ

उकालो लाग्यो अमेरिकी डलरको भाउ