नेभिगेशन
मुख्य समाचार

राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिनुपर्ने रास्वपाको निष्कर्ष

काठमाडौं । कुलिङ अफ पिरियडको प्रावधानमाथी छेडखानीसम्बन्धी प्रकरणमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निष्कर्ष निकालेको छ । मंगलबार बसेको रास्वपाको सचिवालय बैठकले सो निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

निजामती सेवा विधेयकको मस्यौदामा कुलिङ अफ पिरियडलाई छेडखानी गरेको सम्बन्धमा गठन गरिएको छानबिन समितिले मंगलबार संसदमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनले समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवार ठहर्‍याएको छ । खतिवडाले आवश्यक समन्वय गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रास्वपाले यसैमा टेकेर खतिवडाको राजीनामा माग्ने निर्णय गरेको हो । 

रास्वपाको मंगलबार बसेको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ भने, सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी पार्टीको विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले बताए । समय अभावका कारणले मंगलबार सो विषयमा छलफल गर्न नभ्याइएको ले अर्को वैठकमा थप छलफल गरेर पार्टीको विधान संसोधन गर्ने प्रवक्ता झाले जानकारी दिए । 

रास्वपाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरेको छ । त्यस्तै, रास्वपाको मंगलबारको बैठकले रुपन्देहीमा उपचुनाव लड्ने उदेश्यले पार्टीको समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएकी कुसुम महर्जनको निवेदन समेत स्वीकृत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...