नेभिगेशन
मुख्य समाचार

सरकारले राष्ट्रिय महत्वका सडक पूर्वाधारलाई प्रथामिकता दिइरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । 

बुधबार काठमाडौंको भृकुटिमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो उद्घाटन गर्दै गुणस्तरीय सडकका साथै सहरी पूर्वाधारमा सरकारले विशेष ध्यान दिएको बताएका हुन ।  उनले सडकको सन्दर्भमा धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिक रुपमा सार्थक तुल्याउन लागि परेको धारणा राखेका हुन । सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेको उनले बताए  । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले भू–बनोटको आवश्यकता अनुसार आरसिसि कस्ट्रक्सनमा ध्यान दिएको जिकिर गरे ।

 काठमाडौँको भृकुटीमण्डपमा साउन २५ गतेसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...