नेभिगेशन
समाज

रामहरि खतिवडालाई रास्वपाले सोध्यो नैतिकताको प्रश्न, ‘यो नालायकीपनको जवाफ कसले दिने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रवक्ता मनिष झाले कुलिङ अफ पिरियडको बारेमा विशेष छानविन समितिले राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठाएको भन्दै अव सभापतिले राजीनामा दिनुपर्ने बताए । विशेष छानविन समितिको प्रतिवेदनमा आफ्नो नाम छैन भनेर उम्किन नमिल्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

पत्रिका हातमा लिदै सांसद झा ले भने, ‘यस्तो समाचारहरु देखाएर हामीलाई पटक पटक प्रश्न सोधिने गरिन्थ्यो, नैतिकताको प्रश्न । अब यो कुलिङ अफ पिरियडको बारेमा राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । पहिले समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो अब उहाँलाई नैतिक प्रश्न । यो नालायकीपनको जवाफ कसले दिने ? मेरो नाम लेखिएको छैन भन्दै उम्किन पाइन्छ ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ ? मेरो नाम लेखिएको छैन भनेर हुन्छ ? यहाँ पदको नाम लेखिएको छ ।’ 

त्यस्तै प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा मानव बेचबिखन नै भएको यसअघिको छानबिन समितिले उल्लेख गरेको भन्दै आफुहरुले उठाएका बिषयको औचित्य पुष्टि हुँदै गएको बताए ।

भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै बुधबार पनि रास्वपा सांसदहरुले सदन बहिष्कार गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
उकालो लाग्यो अमेरिकी डलरको भाउ

उकालो लाग्यो अमेरिकी डलरको भाउ