नेभिगेशन
मुख्य समाचार

रामहरि खतिवडालाई रास्वपाले सोध्यो नैतिकताको प्रश्न, ‘यो नालायकीपनको जवाफ कसले दिने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने जनाएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रवक्ता मनिष झाले कुलिङ अफ पिरियडको बारेमा विशेष छानविन समितिले राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठाएको भन्दै अव सभापतिले राजीनामा दिनुपर्ने बताए । विशेष छानविन समितिको प्रतिवेदनमा आफ्नो नाम छैन भनेर उम्किन नमिल्ने उनको भनाइ छ ।

पत्रिका हातमा लिदै सांसद झा ले भने, ‘यस्तो समाचारहरु देखाएर हामीलाई पटक पटक प्रश्न सोधिने गरिन्थ्यो, नैतिकताको प्रश्न । अब यो कुलिङ अफ पिरियडको बारेमा राज्य व्यवस्था समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । पहिले समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो अब उहाँलाई नैतिक प्रश्न । यो नालायकीपनको जवाफ कसले दिने ? मेरो नाम लेखिएको छैन भन्दै उम्किन पाइन्छ ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ ? मेरो नाम लेखिएको छैन भनेर हुन्छ ? यहाँ पदको नाम लेखिएको छ ।’ 

त्यस्तै प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा मानव बेचबिखन नै भएको यसअघिको छानबिन समितिले उल्लेख गरेको भन्दै आफुहरुले उठाएका बिषयको औचित्य पुष्टि हुँदै गएको बताए ।

भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै बुधबार पनि रास्वपा सांसदहरुले सदन बहिष्कार गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...