नेभिगेशन
मुख्य समाचार

भ्रष्टाचार त गर्यौ गर्यौ, देश त लुट्यौ लुट्यौ नेपालीहरुलाई नमार, विदेश लगेर नबेचः राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दलले निरन्तर विरोध गर्दा समेत जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति जनाएको छ । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद रोशन कार्र्कीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन बनाउनुपर्ने माग राख्दै लामो समयदेखि सदनमा विरोध जनाएपछि जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति प्रकट गरिन् । 

उनले स्व. सुवास चन्द्र नेम्वाङलाई सम्झदै सदनमा एक जना मात्रै माननीय उठेपनि त्यसलाई सम्बोधन गर्ने र त्यो विषयको समाधार गरेर मात्र संसद चलाउन पर्ने विषय सम्झाइन् । 

उनले सदनमा देखिएको समस्या समाधान गरेरमात्रै सदन चलाउन सुझाव दिइन् । सांसद कार्कीले सरकार संसदप्रति उत्तरदायि हो वा संसद सरकारप्रति उत्तरदायि हो भन्दै प्रश्न गरिन् । 

भिजिट भिसाको विरोधी आफुहरु नभएपछि भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने काम भएकाले त्यसको विरोध गरेको उनले बताइन् । 

उनले भनिन्, ‘भिजिट भिसाको हामी विरोधी होइनौँ । तर भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ हामी । हामी भिजिट भिसा हुनुहुँदैन भनेर विरोध गरेका छैनौँ । भिजिट भिसामा विदेश गएर घरेलु काम गर्न बाध्य दिदिबहिनीहरु बलात्कृत भएका छन्, शोषित भएका छन्, हाम्रा दजुभाईहरु बाकसमा फर्केर आएका छन् । भिजिट भिसाका नाममा ५० हजार, एक लाख बुझ्ने गृहमन्त्री मुटु कम्दैन ? आफ्ना दाजुभाईको लास देखेर मुटु काम्दैन ? भ्रष्टाचार त गर्यौ गर्यौ, देश त लुट्यौ लुट्यौ नेपमलीहरुलाई नमार, भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेश लगेर नबेच । तिमीहरुको नैतिकता छ भने यसरी बेच्न पाइदैन ।’

उनले यस बिषयमा छानविन समिति गठन नभएसम्म आफुहरुको विरोध कायमै रहेको स्पष्ट पारिन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...