नेभिगेशन
समाज

भ्रष्टाचार त गर्यौ गर्यौ, देश त लुट्यौ लुट्यौ नेपालीहरुलाई नमार, विदेश लगेर नबेचः राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई दलले निरन्तर विरोध गर्दा समेत जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद रोशन कार्र्कीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन बनाउनुपर्ने माग राख्दै लामो समयदेखि सदनमा विरोध जनाएपछि जवरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति प्रकट गरिन् । 

Ncell
Extreme Energy

उनले स्व. सुवास चन्द्र नेम्वाङलाई सम्झदै सदनमा एक जना मात्रै माननीय उठेपनि त्यसलाई सम्बोधन गर्ने र त्यो विषयको समाधार गरेर मात्र संसद चलाउन पर्ने विषय सम्झाइन् । 

उनले सदनमा देखिएको समस्या समाधान गरेरमात्रै सदन चलाउन सुझाव दिइन् । सांसद कार्कीले सरकार संसदप्रति उत्तरदायि हो वा संसद सरकारप्रति उत्तरदायि हो भन्दै प्रश्न गरिन् । 

भिजिट भिसाको विरोधी आफुहरु नभएपछि भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने काम भएकाले त्यसको विरोध गरेको उनले बताइन् । 

उनले भनिन्, ‘भिजिट भिसाको हामी विरोधी होइनौँ । तर भिजिट भिसाको नाममा नेपालीहरुलाई मार्ने हत्या गर्ने जुन काम भएको छ त्यसको विरोधी हौँ हामी । हामी भिजिट भिसा हुनुहुँदैन भनेर विरोध गरेका छैनौँ । भिजिट भिसामा विदेश गएर घरेलु काम गर्न बाध्य दिदिबहिनीहरु बलात्कृत भएका छन्, शोषित भएका छन्, हाम्रा दजुभाईहरु बाकसमा फर्केर आएका छन् । भिजिट भिसाका नाममा ५० हजार, एक लाख बुझ्ने गृहमन्त्री मुटु कम्दैन ? आफ्ना दाजुभाईको लास देखेर मुटु काम्दैन ? भ्रष्टाचार त गर्यौ गर्यौ, देश त लुट्यौ लुट्यौ नेपमलीहरुलाई नमार, भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेश लगेर नबेच । तिमीहरुको नैतिकता छ भने यसरी बेच्न पाइदैन ।’

उनले यस बिषयमा छानविन समिति गठन नभएसम्म आफुहरुको विरोध कायमै रहेको स्पष्ट पारिन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।