नेभिगेशन
मुख्य समाचार

एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन अवस्थामा एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताएका छन् । 

बुधबार पार्टी कार्यालय पेरिसडाडामा नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको र अन्तिममा उचित निकास निकालेको बताए । नेकपा कालमा आफुले नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको र कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको उनले स्मरण गरेका छन् ।

प्रचण्डले एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको र व्याख्यात्मक टिप्पणीमा जोड दिएको धारणा व्यक्त गरेका छन् । उनले भने ‘त्यो बेला निकै अप्ठेरो परिस्थितिमा एमसिसि पास गर्नु परेको थियो । नभए काँग्रेस र एमालेको सत्ता गठबन्धन हुने र अत्याधिक बहुमतले एमसीसी पास गर्ने दाउँमा दुई दल तयार अवस्थामा थिए । तर, आफुहरु अन्तिम अवस्था सम्म पनि एमसीसीलाई जस्ताको तस्तै पास गर्न नहुने अडानमा थियौं’ । उनले भने ‘त्यो बेला विद्यार्थी, किसान, मज्दुर, व्यापारी देखि केहि राजनीतिक दलका नेता कार्यकर्ता समेत एमसीसीको विरोध जनाउदै सडक आन्दोलनमा थिए । त्यस्तो अवस्थामा सदनमा काँग्रेस भन्दा पनि आपुसंगैको सत्ता साझेदार दल एमाले एमसीसी पासको पक्षमा जोडदार तवरले उत्रिएपछि एमसीसी पास गर्नुको विकल्प थिए ।’

 उनले माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै भविष्यमा कुनै बदमासी भए त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गरे ।  कार्यक्रममा माओवादी केन्द्रका नेता, लेखक लीलामणि पोखरेल तथा विभिन्न बुद्धिजीवीहरुले एमसीसीका बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र...
नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेका हुन् । विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल...
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...