नेभिगेशन
समाज

एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन अवस्थामा एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार पार्टी कार्यालय पेरिसडाडामा नेता लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको र अन्तिममा उचित निकास निकालेको बताए । नेकपा कालमा आफुले नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको र कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको उनले स्मरण गरेका छन् ।

Ncell
Extreme Energy

प्रचण्डले एमसीसीमा एमाले र कांग्रेस दुवैको अडान देखेपछि संशोधन सम्भव नहुने निष्कर्षमा पुगेको र व्याख्यात्मक टिप्पणीमा जोड दिएको धारणा व्यक्त गरेका छन् । उनले भने ‘त्यो बेला निकै अप्ठेरो परिस्थितिमा एमसिसि पास गर्नु परेको थियो । नभए काँग्रेस र एमालेको सत्ता गठबन्धन हुने र अत्याधिक बहुमतले एमसीसी पास गर्ने दाउँमा दुई दल तयार अवस्थामा थिए । तर, आफुहरु अन्तिम अवस्था सम्म पनि एमसीसीलाई जस्ताको तस्तै पास गर्न नहुने अडानमा थियौं’ । उनले भने ‘त्यो बेला विद्यार्थी, किसान, मज्दुर, व्यापारी देखि केहि राजनीतिक दलका नेता कार्यकर्ता समेत एमसीसीको विरोध जनाउदै सडक आन्दोलनमा थिए । त्यस्तो अवस्थामा सदनमा काँग्रेस भन्दा पनि आपुसंगैको सत्ता साझेदार दल एमाले एमसीसी पासको पक्षमा जोडदार तवरले उत्रिएपछि एमसीसी पास गर्नुको विकल्प थिए ।’

 उनले माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै भविष्यमा कुनै बदमासी भए त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणीलाई प्रस्तुत गरे ।  कार्यक्रममा माओवादी केन्द्रका नेता, लेखक लीलामणि पोखरेल तथा विभिन्न बुद्धिजीवीहरुले एमसीसीका बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।