नेभिगेशन
समाज

रास्वपा र राप्रपाका सांसदलाई संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेकाले अफ्नो निर्णय सच्याउन माग गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको विशेष सयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताए । भिजिट भिसा प्रकरणका बारेमा ती दुई दलले भनेका विषयलाई तथ्यले प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिँदै यसरी संसद्मा आउनु र बहिस्कार गरेर हिँड्नु गलत भएको उनको भनाइ छ ।

Ncell
Extreme Energy

युवायुवतीको १८ वर्षपछिको सम्बन्धलाई वैधता दिने तर विवाहका लागि २० वर्ष कुर्नुपर्ने दोहोरो व्यवस्थामा सुधार गरिनुपर्ने भन्दै सांसद बाँस्कोटाले पारिवारिक कानुनको माग गरे ।

सांसद माधव सापकोटाले सेवा प्रदायक निकायमा सेवा लिन आमनागरिक सार्वजनिक यातायातमा कष्टपूर्ण यात्रा गरेर पुग्ने गरेकामा सोही दिन सेवा नपाएमा रु पाँच–सात हजार गर्नुपर्ने बाध्यता रहेको बताउँदै यस्तो समस्या समाधान गरिनुपर्ने माग गरे ।

निजामती विधेयकका विषयमा संसदीय समितिले दिएको प्रतिवेदन छिटो कार्यान्वयन गर्न पनि उनले सभामुखसँग माग गरे ।सांसद मेटमणि चौधरीले राहदानी छपाइमा अनियमितता भएकाले यसको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।