नेभिगेशन
मुख्य समाचार

रास्वपा र राप्रपाका सांसदलाई संसद् बहिस्कारसम्बन्धी निर्णय सच्चाउन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेकाले अफ्नो निर्णय सच्याउन माग गरे ।

बैठकको विशेष सयमा सांसद बाँस्कोटाले रास्वपा र राप्रपाले निरन्तर संसद् बहिस्कार गरेर गलत गरेको बताए । भिजिट भिसा प्रकरणका बारेमा ती दुई दलले भनेका विषयलाई तथ्यले प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिँदै यसरी संसद्मा आउनु र बहिस्कार गरेर हिँड्नु गलत भएको उनको भनाइ छ ।

Global Ime Bank

युवायुवतीको १८ वर्षपछिको सम्बन्धलाई वैधता दिने तर विवाहका लागि २० वर्ष कुर्नुपर्ने दोहोरो व्यवस्थामा सुधार गरिनुपर्ने भन्दै सांसद बाँस्कोटाले पारिवारिक कानुनको माग गरे ।

सांसद माधव सापकोटाले सेवा प्रदायक निकायमा सेवा लिन आमनागरिक सार्वजनिक यातायातमा कष्टपूर्ण यात्रा गरेर पुग्ने गरेकामा सोही दिन सेवा नपाएमा रु पाँच–सात हजार गर्नुपर्ने बाध्यता रहेको बताउँदै यस्तो समस्या समाधान गरिनुपर्ने माग गरे ।

निजामती विधेयकका विषयमा संसदीय समितिले दिएको प्रतिवेदन छिटो कार्यान्वयन गर्न पनि उनले सभामुखसँग माग गरे ।सांसद मेटमणि चौधरीले राहदानी छपाइमा अनियमितता भएकाले यसको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।