नेभिगेशन
मुख्य समाचार

९ दलले भनेः दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिमा निर्वाचन आयोगको नियत राम्रो देखिएन, जारी गर्न मिल्दैन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका मुख्य ९ दलले निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि प्रथम दृष्टीमै गलत देखिएको भन्दै नमान्ने निर्णय गरेका छन् । 

बैठकमा रास्वपाका तर्फबाट सहभागी सांसद सोविता गौतमका अनुसार निर्वाचन आयोगले राजनीतिक दलहरुलाई नियन्त्रणमा राख्ने नियतका साथ कार्यविधि प्रस्ताव गरेकाले नमान्ने निर्णय गरेको बताइन् । उनले भनिन्, 'निर्वाचन आयोगले मुल ऐनसँग बाँजिने गरी, कानुनत नमिल्ने प्रस्ताव अघि सारेको छ,जुन कार्यविधि मुख्य दुई दल बाहेक अन्य राजनीतिक दलले नमान्ने मात्रै होइन, यो जारी नै हुनुहुँदैन भन्ने साझा धारण बैठकले बनाएको छ ।'

Global Ime Bank

उनका अनुसार निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिको नियतमै खोट देखिएको छ । साथै सबै दलले साझा धारण बनाएर निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको गौतमले जानकारी दिइन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।