नेभिगेशन
मुख्य समाचार

प्रहरीको गोलीबाट युवकको मृत्यु भएको भन्दै राजविराजमा दिनभर प्रदर्शन

राजविराज (सप्तरी) । प्रहरीको गोली प्रहारबाट मृत्यु भएका लालु यादवको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आज राजविराजमा दिनभर प्रदर्शन भएको छ ।

मृतकका आफन्त एवं गाउँले मिलेर जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर बिहान करिब १० बजेदेखि निरन्तर प्रदर्शन गरेका हुन् । राजविराजको मुख्यचोक (दर्शन चोक) मा समेत टायर बालेर दिनभरी प्रदर्शन गरिएका कारण मुख्य बजार बन्द भएको थियो ।

Global Ime Bank

मदिरा भारततर्फ तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीयले एक्कासी ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले गोली चलाउँदा स्थानीय यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
 
प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षीय यादवको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो । मृतक यादव सोही गाउँस्थित आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । उनका आफन्त र स्थानीयवासीले यादवलाई प्रहरीले सुनियोजित तवरले गोली प्रहार गरेको आरोप लगाएका छन् ।

प्रहरीले यसअघि सीमावर्ती उक्त गाउँमा मदिरा तस्करी नियन्त्रणका लागि ‘सर्च अपरेसन’ सञ्चालन गर्दै आएको थियो । प्रहरीको अपरेसनबाट १६ लाखभन्दा बढी मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

यी हुन उत्कृष्ट करदाता(तस्बिरहरु)

आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा, शुभेच्छुकलाई नर्भस नहुन हसिनाको आग्रह

गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।