नेभिगेशन
मुख्य समाचार

सशस्त्रको ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौँ । सशस्त्र प्रहरीले काठमाडौँ उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । 

काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । विपद्मा नागरिकको उद्धार तथा सहयोगका लागि उक्त बेस स्थापना गरी काम गर्दै आएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिए।

कोशी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुङ्गाको हर्कपुर, मधेस प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरिया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मङ्गलटार, नुवाकोटको खरानीटार, चितवनको भालढुङ्गा, दोलखाको लिङ्कन बजार र सिङ्गटी तथा रसुवाको तातोपानीमा बेस स्थापना गरिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ ।

विपद्मा परेका आम नागरिकहरुको उद्धारमा सहज होस् भन्ने अभिप्रायका साथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरी उक्त बेसहरुमा विपद् उद्वार सामग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखिएको जनाइएको छ । 

यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकाले देशभरि एक लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गरेको छ । देशभर ९९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको पनि उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...
नेपाली सेनाका दुई उच्च अधिकृतको बढुवा गर्ने सरकारको निर्णय

नेपाली सेनाका दुई उच्च अधिकृतको बढुवा गर्ने सरकारको निर्णय

त्यस्तै सरकारले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने र मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन...
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । उनले अगामी फागुन २१ गतेका लागि...