नेभिगेशन
मुख्य समाचार

यी हुन् रुपन्देही क्षेत्र नम्बर ३ मा रास्वपाबाट उम्मेदवार बन्न आकांक्षी ९ जना

काठमाडौँ । कात्तिक  १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बन्न अन्ततः९ जनाले आवेदन दिएका छन् । 

रास्वपाका अनुसार पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, प्रदेश सदस्य र ०७९ का उम्मेदार जितबहादुर गुप्ता, रूपन्देही क्षेत्र नं ३ का सभापति मधु प्रसाद अर्याल, युवा कानुन व्यवसायी बुटवल सेमलारका शुलभ खरेल, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्री, महिला नेतृ ज्ञानु पौडेल, डा.लेखजंग थापा, भैरहवाका पार्थीवेन्द्र उपाध्याय र पुनम कुमारी अग्रवालले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।

यस अघि उम्मेदवारका लागि चर्चामा रहेको प्रदेश सदस्य प्रकाश ज्ञवाली र प्रदेश विभाग सदस्य डा योगेन्द्र अग्रहरीले भने निवेदन दिएनन् । 

रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो । 

यी नामहरू उपर शुक्रवार र शनिवार दाबी विरोध आह्वान गरिएको छ। शनिवार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ। २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ।

भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूको बिचमा प्रारम्भिक निर्वाचन गराइने र भदौ १५ गते उम्मेदवार तय गरिने रास्वपाले बताएको छ। रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना...
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा...
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका...
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि...