नेभिगेशन
मुख्य समाचार

रवि भेटेपछि बाबुराम भन्छन्ः ‘पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले आज बिहान भैरहवास्थित कारागारमा लामिछानेसँग भेट गरेका हुन् । 

भेटपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै जनताको प्रतिनिधिलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्न दिनुपर्ने बताए । ‘जनाताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर सुख पाउँदैन भन्ने कुरा अनुमान गरेर जमानतामा बाहिर रहेर मुद्दा फेस गर्ने व्वस्था गर्नुपर्थ्यो ।’ 

सो क्रममा उनले पञ्चायतको समयमा दिइने सुविधा लामिछानेलाई नदिइएकोमा चिन्ता व्यक्त गरे । पञ्चायतको समयमा जेल बस्दा पत्रिका पढ्न दिने कुरा स्मरण गर्दै उनले भने, ‘उहाँलाई पत्रपत्रिका ल्याएर पनि दिइदो रहेनछ । हामी पञ्चायतको पालामा जेल बस्दा पनि पत्रपत्रिका पढ्ने गथ्र्यौँ । सोध्दा त्यस्तो आदेश छैन भनियो । सूचनाबाट चाहीँ बञ्चित गर्न हुँदैनथ्यो ।’ 

उनले बस्ने ठाउँ पनि उचित नभएको बताए । ‘जेल भनिसकेपछि त खुल्ला ठाउँहरु हुन्छ । भेटघाट गर्ने, कुराकानी गर्ने अवसर पनि हुन्छ । एकल राखेको उचित जस्तो मलाई लागेन । म माथि सम्बन्धित ठाउँमा भनौँला ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना...
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा...
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका...
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि...