नेभिगेशन
समाज

रवि भेटेपछि बाबुराम भन्छन्ः ‘पञ्चायतमा पनि यस्तो हुँदैनथ्यो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उनले आज बिहान भैरहवास्थित कारागारमा लामिछानेसँग भेट गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै जनताको प्रतिनिधिलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्न दिनुपर्ने बताए । ‘जनाताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर सुख पाउँदैन भन्ने कुरा अनुमान गरेर जमानतामा बाहिर रहेर मुद्दा फेस गर्ने व्वस्था गर्नुपर्थ्यो ।’ 

Ncell
Extreme Energy

सो क्रममा उनले पञ्चायतको समयमा दिइने सुविधा लामिछानेलाई नदिइएकोमा चिन्ता व्यक्त गरे । पञ्चायतको समयमा जेल बस्दा पत्रिका पढ्न दिने कुरा स्मरण गर्दै उनले भने, ‘उहाँलाई पत्रपत्रिका ल्याएर पनि दिइदो रहेनछ । हामी पञ्चायतको पालामा जेल बस्दा पनि पत्रपत्रिका पढ्ने गथ्र्यौँ । सोध्दा त्यस्तो आदेश छैन भनियो । सूचनाबाट चाहीँ बञ्चित गर्न हुँदैनथ्यो ।’ 

उनले बस्ने ठाउँ पनि उचित नभएको बताए । ‘जेल भनिसकेपछि त खुल्ला ठाउँहरु हुन्छ । भेटघाट गर्ने, कुराकानी गर्ने अवसर पनि हुन्छ । एकल राखेको उचित जस्तो मलाई लागेन । म माथि सम्बन्धित ठाउँमा भनौँला ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।