नेभिगेशन
समाज

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

नवलपरासी । लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बर्दघाट सुस्तापश्चिम नवलपरासीमा लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका–४ रामसिंह कुर्मीले बताए । यस क्षेत्रमा रोपाइँ भएदेखि प्रयाप्त वर्षा नभएर धानखेती सुक्न थालेको थियो । कुर्मीले भने, “रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए । अहिले पानी परेपछि केही राहत भएको छ”। 

Ncell
Extreme Energy

वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबड्ने र पहेँलो भएर गावा मर्नुुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताए । तीन दिनको लगातार वर्षा भएपछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उनले धान पानीबाट हुने फसल भएकाले प्रयाप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिए ।

खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउछन् । “सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ । उनले भने, धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छर्दा छिटो सम्भावना बढी हुन्छ”,। 

तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।