नेभिगेशन
मुख्य समाचार

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

नवलपरासी । लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली पानी पारेपछि हरियो भएका छन् । पछिल्लो केहीदिनयता पानी पर्न थालेपछि रोपाइँपछि सिँचाइ अभावले सुख्खा भएका धानबाली झाँगिन थालेका हुन् ।

बर्दघाट सुस्तापश्चिम नवलपरासीमा लामो समयदेखि वर्षा नभएर खडेरी लागेका धान वर्षा भएपछि हरियो भएसँगै डाँठ पनि बढिरहेको पाल्हीनन्दन गाउँपालिका–४ रामसिंह कुर्मीले बताए । यस क्षेत्रमा रोपाइँ भएदेखि प्रयाप्त वर्षा नभएर धानखेती सुक्न थालेको थियो । कुर्मीले भने, “रोपिएको धानमा सिँचाइको अभावले गाह्रा फाट्ने, रोपो सुक्ने, गावा कुइनलगायत समस्याले किसान चिन्तित थिए । अहिले पानी परेपछि केही राहत भएको छ”। 

Global Ime Bank

वर्षा नहुँदा जमिन सुख्खा भएर रोपिएको धानको डाँठ नबड्ने र पहेँलो भएर गावा मर्नुुका साथै विभिन्न रोगको समस्या देखिन थालिएको किसान चुल्हाई यादवले बताए । तीन दिनको लगातार वर्षा भएपछि धानका लागि अमृत जस्तै काम गरेको भन्दै उनले धान पानीबाट हुने फसल भएकाले प्रयाप्त सिँचाइको व्यवस्था हुन जरुरी रहेकामा जोड दिए ।

खेतमा बराबर पानी रहिरह्यो भने धानबालीमा रोग नलग्ने तथा उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताउछन् । “सिँचाइ भइरहे खेत ओसिलो भइरहन्छ । उनले भने, धान काटेपछि कात्तिकमा खेत जोत्न सजिलो हुन्छ, खेतमा बीउ छर्दा छिटो सम्भावना बढी हुन्छ”,। 

तीन दिनको वर्षापछि यहाँका धानबालीमा हरियाली देखिन थालेको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि...
वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताएका हुन ।
वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त...
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ । नगरकोटसँगै...