नेभिगेशन
समाज

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय  गाभिएपछि म्याग्दीमा समस्या

म्याग्दी । संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण शुरु भएको म्याग्दीको बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा संघीय सरकारका कार्यक्रम कार्यान्वयनका लागि विसं २०७७ मा बेनीमा स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय  खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार यही साउन १ गतेदेखि पोखरामा गाभिएको हो । 

Everest cinsult

बेनीका कार्यालय खारेज भएपछि करिब पाँच हजार घरपरिवारलाई स्वच्छ र व्यवस्थित खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले करिब रु. एक अर्ब लागतमा निर्माण शुरु भएका आयोजना कार्यान्वनयमा अन्यौल सिर्जना भएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिए । 

“कार्यालय हुँदासम्म योजना र बजेट अभावमा म्याग्दीका गौरवका खानेपानी आयोजनाहरुको ठेक्का लगाउने मात्र काम भयो,” उनले भने, “ठेक्का सम्झौता भएका योजना निर्माणले गति लिन थालेको अवस्थामा कार्यालयनै हटाउँदा अन्यौलता सिर्जना भएको छ ।” उनका अनुसार वि.स. २०७४।०७५ मा तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खारेज भएपछि म्याग्दीका धेरै खानेपानी आयोजना अलपत्र भएका थिए । 

त्यस्तै, बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी योजना वि.स. २०७३ देखिनै संघीय सरकारको वार्षिक विकास बजेट तथा कार्यक्रममा समावेश हुदै आएका थिए । वार्षिक कार्यक्रममा समावेश भएपछि बजेटको स्रोत सुनिश्चितताको अभावमा योजना कार्यान्वयन हुन सकेका थिएनन् । 

बेनी नगरपालिकाको –५, ६, ९, १० नम्बर वडा, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी उपभोक्ताको लागत सहभागिता सहित रु.४८ करोड १६ लाख ५० हजार लागत अनुमान भएको बृहत घोप्टेखोला खानेपानी योजना पछिल्लो पटक सन २०२२ मा सर्वेक्षण भएको थियो । 

यस योजनाबाट रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छ वटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् । विसं २०८१ असार २४ गते रु. २८ करोड ५० लाख १२ हजार सात सय ५५ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको विसं २०८४ असार २३ गते सम्पन्न गर्ने राखिएको छ । 

ठेकेदार कम्पनीले रघुगङ्गा गाउँपालिका–६ करेन्टखोलामा मुहान, मुख्य पाईपलाईन र पानी प्रसोधन केन्द्रको संरचना निर्माण शुरु गरेको छ । वि.सं २०८१ असार २४ गते सम्झौता भएको योजना विस २०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ । 

रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय १६ घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि गत असारमा ठेक्का सम्झौता भएको छ ।  

रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको पहिलो प्योकेजको काम गर्न गत वर्ष रु. १० करोडको स्रोत सुनिश्चितता भएको र निर्माण कम्पनीसँग रु. आठ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो । 

कार्यालय खारेज गर्ने खानेपानी मन्त्रालयको निर्णय फिर्ता हुनुपर्ने माग सहित म्याग्दीका राजनीतिक दलहरुले गत असार ३१ गते लगाएको ताला अझै खुलेको छैन् । आयोजना कार्यालयका इञ्जिनियर नवीन सुवेदीले तालाबन्दीका कारण प्रशासनिक कामका साथै र योजना कार्यानवयनमा समस्या भएको बताए । 

“आन्तरीक लेखा परीक्षण, कागजात बरबुझारत र योजना कार्यान्वयनको काम प्रभावित भएको छ,” उनले भने, “कागजात कार्यालयमा थुनिएकाले बृहत घोप्टेखोला र चिमखोला–भगवति–पिप्ले खानेपानी योजनाका ठेकेदारलाई प्राविधिक सेवा दिन समस्या भएको हो ।”


तालाबन्दीलगत्तै सर्वपक्षीय र सर्वदलीय टोलीले काठमाडौ पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेपनि माग सुनुवाईको ठोस उपलब्धी नभएपछि तालाबन्दीलाई निरन्तरता दिएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले बताए ।

उनको अध्यक्षतामा बुधबार जिससमा बसेको सर्वदलीय बैठकले आर्थिक अधिकार सहितको कार्यालय स्थापना नहुँदासम्म तालाबन्दी यथावत राख्ने निर्णय गरेको छ । मन्त्रालयले साउन १९ गते पत्राचार गर्दै म्याग्दमिा अस्थायी आयोजना कार्यालय स्थापनाका लागि सहमति माग गरि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी गराएको थियो । 

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर कार्यालय पुनस्थापनाका लागि पहल गरेपनि अस्थायी आयोजना कार्यालय राख्ने प्रतिक्रिया पाएको तर अहिलेसम्म त्यो पनि कार्यान्वयन नभएको बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निजी विद्यालयमा कानुनविपरीत लिइँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

निजी विद्यालयमा कानुनविपरीत लिइँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि...
रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

रेखा शर्मालाई हिरासतमुक्त गर्न अदालतको आदेश

उनीविरूद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिमको कसुर गरेको आरोप थियो । नाबालिगलाई घरेलु कामदार बनाई श्रम शोषण तथा यातना दिएको आरोप उनीविरुद्ध थियो । उनको घरबाट एक बालिकालाई...
रास्वपाका युधिष्ठिर बने देशको सभामुख

रास्वपाका युधिष्ठिर बने देशको सभामुख

प्रलयबाट रास्वपा र रास्वपाका नेता जोगाएको मात्रै होइन । प्रलयपछिको दिग्विजयको नेतृत्वकर्ता र योजनाकार समेत रहेका डीपी रास्वपाका धर्म र सत्यका मानक अर्थात युधिष्ठिर हुुन् ।
ओली र लेखक थप ५ दिन थुनामा

ओली र लेखक थप ५ दिन थुनामा

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार ओली र लेखकलाई पाँच दिन म्याद थप गरेको हो ।