नेभिगेशन
समाज

उच्चस्तरीय  विषगत राउण्ड  टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा  बिहिबारआयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन । 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपालले दिगो र दू्रत आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन प्रणालीलाई प्राथमिकता दिएको बताए । “हामी सहज र निर्वाध पारबहन र व्यापार सुनिश्चित गर्न सीमापार सम्पर्कलाई सक्रिय रूपमा विस्तार एवं सुदृढ गर्दैछौँ ।”, प्रधाननन्त्री ओलीले भने, “आवाजा कार्ययोजनामा पारित दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन नीति, भूपरिवेष्टित मुलुकको विकास, लचिलोपनजस्ता कार्यक्रम हाम्रा आशाका स्तम्भ हुन् । यी प्रावधानसहितको कार्यढाँचालाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्वव्यापी जोड्ने हाम्रो सामूहिक दृढ सङ्कल्पलाई नवीकरण गर्न म आग्रह गर्दछु ।”

उनले समता, समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेका पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणका लागि आह्वान गरे थिए । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनसँग सम्बन्धित कार्यक्रम बिहिबार सकिदैँछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।