नेभिगेशन
मुख्य समाचार

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

काठमाडौँ । प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध र पयर्टन समितिले आज पशुपतिनाथ क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ । 

सभापति राजकिशोर यादवको नेतृत्वमा पुगेको समितिका पदाधिकारीको  टोलीले पशुपति क्षेत्र विकास कोष तथा मन्दिर क्षेत्रको समग्र अवस्थाबारे अवलोकन गरेको हो । सो टोलीले मन्दिरका मुल पुजारी भट्टसँग पनि आवश्यक सल्लाह सुझावसहित छलफल गरेको थियो ।

Global Ime Bank

अवलोकनमा सांसदहरु उदय शम्शेर राणा, एकनाथ ढकाल, प्रेम सुवाल, नारायणप्रकाश साउद, दामोदर पौडेल वैरागी लगायतको सहभागिता रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । निरीक्षण टोलीले मन्दिर परिसरका पूर्वाधार, व्यवस्थापन, स्वच्छता तथा पर्यटनमैत्री वातावरणका विषयमा गहिरो चासो राख्नुका साथै समितिका पदाधिकारी र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीबीच छलफलसमेत भएको कोषका निमित्त सदस्य–सचिव शुभाषचन्द्र जोशीले जानकारी दिए । 

उनले भने, “समितिले पशुपति क्षेत्रमा विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिएको छ, पदाधिकारीले यसक्षेत्रका समस्या अवलोकन गर्नुको साथै समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन समेत दिएको बताए । 

छलफलका क्रमममा पशुपति क्षेत्र विकास कोषले कोषको विकास, धार्मिक पर्यटकको सुविधा, सुरक्षा व्यवस्थापन र पूर्वाधार सुदृढीकरणका विषयमा विशेष ध्यान दिनुपर्ने औँल्याइएको तथा समस्याको समाधानका लागि राज्यका तर्फबाट थप सहयोग आवश्यक रहेको धारणा राखिएको थियो ।

निरीक्षण पश्चात् समितिले निकट भविष्यमा पशुपति क्षेत्रको सुधार तथा विकासका लागि आवश्यक निर्देशन र सिफारिस गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति यादवले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि...
वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताएका हुन ।
वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त...
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ । नगरकोटसँगै...