नेभिगेशन
समाज

पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरुको विवरण उपलव्ध गराउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरुको उपयोगको सम्पूर्ण बिबरण उपलव्ध गराउन निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको अवलोकन गर्दै समितिले पशुपति क्षेत्रका नाममा रहेको जग्गा र हाल प्रयोग भइरहेको अवस्थाका बारेमा सम्पूर्ण विवरण भाद्र १५ गतेभित्र समितिमा उपलव्ध गराउन निर्देशन दिएको हो । हालसम्म कोषको नाममा रहेका जग्गा कुन–कुन प्रयोजनका लागि उपयोग भइरहेको छ वा कसले उपभोग गरिरहेको छ भन्ने विस्तृत जानकारी गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

Ncell
Extreme Energy

उनले नियमविपरित अधिकार दुरुपयोग गरेर कोषको जग्गा प्रयोजनका लागि दिइएको पाइए समितिले कारवाहीको सिफारिस गर्ने बताए । सभापति यादवले कोषको सम्पूर्ण मुद्दाको अवस्थाका बारेमा पनि जानकारी गराउन निर्देशन गरे ।

उहाले पशुपति गुरुयोजनाका बारेमा समेत विस्तृत विवरण उपलव्ध गराउन निर्देशन दिएको जानकारी दिए । कोषले उपलब्ध गराउने काजगात अध्ययन गरेर समितिले थप निर्णय गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।

भर्खरै