नेभिगेशन
समाज

निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको स्वमूल्याङ्कन कार्यविधिमा १० दलकाे गम्भिर आपत्ति

काठमाडाैँ । एमाले र कांग्रेस बाहेकक राजनीतिक दलहरुले निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको 'राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२' प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेकाे बताएका हुन् । 

Ncell
Extreme Energy

उनीहरुले यसलाई संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्‌को क्षेत्राधिकार अतिक्रमण गर्ने प्रयास गरेको त्यसमा स्पष्ट असहमति तथा विरोध रहेकाे बताएका छन् । 'बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुऱ्याउँदै दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति अस्वीकार्य छ। अतः हामी राजनीतिक दलहरूले सामूहिक रूपमा यो कार्यविधि कुनै हालतमा स्वीकार्य छैन भन्ने साझा धारणा बनाएका छौं। हामी राजनीतिक दलहरू यस मस्यौदाप्रति निम्न संवैधानिक, कानुनी तथा राजनीतिक कारणसहित गम्भीर असहमति प्रकट गर्दछौं ।' - विज्ञप्तिमा भनिएकाे छ । 

यस्ताे छ, संयुक्त विज्ञप्तिमा उल्लेखित बुँदाहरु । 

१. नेपाली जनताको लामो संघर्षबाट स्थापित बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रलाई आत्मसात गर्दै निर्माण गरिएको संवैधानिक संरचनाभित्र दलीय स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धा राज्यका आधारभूत सिद्धान्त हुन्। यो मस्यौदामा आयोगको प्रशासनिक नेतृत्वले "राजनीतिक दलको मुल्यांकन, संचालन, रेखदेख र निर्देशन गर्ने" व्यवस्था प्रास्ताव गरेको छ जसले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्ने सम्मको खतरा उत्पन्न हुने देखिन्छ।

२. उक्त कार्यविधिको शिरखण्डमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६१ लाई आधार मानेर कार्यविधि तयार गरिएको उल्लेख छ। तर ऐनको उक्त प्रावधानले सोही ऐनको कार्यान्वयन र प्रयोग गर्ने प्रयोजनको लागि मात्र निर्देशिका र कार्यविधि बनाउन सकिने व्यवस्था गरेको हो। यसरी अन्य छुट्टै प्रयोजन र विषयवस्तु राखि कार्यविधि बनाउन मिल्दैन। यो मस्यौदा प्रत्यायोजित विधायनको आधारभूत सिद्धान्तविपरीत, प्रत्यायोजित अधिकार पुनः प्रत्यायोजित गरेर, छुट्टै प्रशासनिक समिति बनाएर राज्यको कोष खर्च गरेर, संघीय कानुनले दिए भन्दा बढी आयोगको अधिकार बढाएर, राजनीतिक दलको अधिकार नियन्त्रित शैलीमा कटौती गरेर, संघीय संसदको अधिकार आफै प्रयोग गर्ने विधिशास्त्रीय सिद्धान्त प्रतिकूल प्रयास भएकाले प्रारम्भिक दृष्टिमै गलत मनसाय सहित आएको हाम्रो ठहर छ। यो कार्यविधि राजनीतिक दल सम्बन्धी ऐनको अतिरिक्त अर्को ऐन जस्तै कानुन निर्माण गर्ने मनसायले मस्यौदा गरेको स्पष्ट देखिन्छ।

३. मस्यौदाभित्र समेटिएका २७ वटा दफा र ४ वटा अनुसूचीहरू संविधान र ऐनले सुनिश्चित गरेको राजनीतिक स्वतन्त्रतालाई सीमित गर्ने अभिप्रायबाट निर्देशित छन्।

४. यस कार्यविधिले शक्ति पृथकीकरण, जनताको सार्वभौमिकता र राजनीतिक दलको आन्तरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गर्छ। राजनीतिक दलको मूल्याङ्कन र अनुगमन जनताले निर्वाचनमार्फत गर्ने हो, संवैधानिक निकायले प्रशासनिक आदेशमार्फत गर्न मिल्दैन । आयोगले उपलब्ध गराएको कार्यविधिको मस्यौदाले दलहरूको संवैधानिक अस्तित्व र स्वतन्त्रतालाइ कुण्ठित गर्ने प्रयास गरेको देखिन्छ।

अतः हामी यस संयुक्त प्रेस वक्तव्यमार्फत राजनीतिक दलहरूको तर्फबाट आयोगलाई सचेत गराउन चाहान्छौं कि उक्त कार्यविधिको मस्यौदालाई अघि बढाउने कार्य तुरुन्त रोकियोस् । संविधान, विद्यमान कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गरियोस। अन्यथा, हामी यसविरुद्ध थप राजनीतिक तथा कानुनी कदम चाल्न बाध्य हुनेछौँ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

काठमाडौँमा सुकुम्बासीको खबरदारी र्‍याली (तस्बिर)

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा खबरदारी र्‍याली निकालिएको छ।
अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, हस्तक्षेप गर्न मिल्दैन : अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नहुने बताएका छन्।
बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन्।
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...