नेभिगेशन
मुख्य समाचार

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाएका छन् । 

राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले सुरुमा एमाले र कांग्रेसकै कारण विधेयक आउनै ढिला भएको बताए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विद्यार्थीका लिखित प्रश्नको जवाफ दिने क्रममा संसद्बाट विद्यालय शिक्षा विधेयक पारित भएका खण्डमा र उच्चस्तरीय शिक्षा सुधार आयोगका सुझाव कार्यान्वयन गरेका खण्डमा वर्तमान शिक्षाका समस्या धेरै हल हुने पनि बताए । 

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकार हुँदा विश्वविद्यालयमा हुने राजनीतिक भर्ती केन्द्रलाई तोडेर मेरिटोक्रेसिमा नियुक्तिको थालनी गरेको बताए । 

उनले भने, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्को क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन ।”

उनले शिक्षामा आमुल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको खाँचो रहेको बताए । उनले अहिले विद्यालय शिक्षा विधेयक पारित भएर ऐन बनेका खण्डमा धेरै समस्याहरु हल हुनेतर्फ ध्यानाकर्षण गराउँदै त्यसलाई छिटो कार्यान्वयनमा लैजान जरुरी रहेको बताए । 

शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उनले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताए । अहिलेसम्म पनि शिक्षामा सुधार हुन नसक्नु विडम्बना भएको बताउँदै अध्यक्ष दाहालले सोचेअनुसारको सुधारात्मक शिक्षा नीति कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि काठमाडौँ महानगरद्वारा ६५ जना छनोट

सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरुमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना...
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा...
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका...
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर डाइभर्ट हुन्छन् विमान ?

शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि...