नेभिगेशन
मुख्य समाचार

आज देशभर मनसुनको प्रभाव रहने

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
    
आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ, तर प्रचार कम हुँदा ओझेलमा

टीकापुर पार्क नेपालकै सबैभन्दा ठूलो मानव निर्मित पार्क हो। यहाँ घुम्नका लागि अनेक संरचना छन् । तैपनि अपेक्षाकृत रुपमा यहाँ पर्यटक बढ्न सकेका भने छैनन् । यसका लागि...
वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताएका हुन ।
वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन हरसम्भव सहयोग गर्ने स्वास्थ्यमन्त्री शर्माको प्रतिवद्धता

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त...
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ । नगरकोटसँगै...