नेभिगेशन
समाज

‘भारतको उत्तराखण्डको बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल भएको छ’ - प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कूटनीतिक प्रयास भएको जनाएका छनन् । 
शुक्रवार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

उनले लेखेका छन्,‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।

उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको थियो। बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।
प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

भारतीय चलचित्र उद्योगका चर्चित तथा बहुप्रतिभाशाली अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। प्राप्त मिडिया रिपोर्टहरूका अनुसार उनले गोवामा अन्तिम सास फेरेका हुन्।

भर्खरै