नेभिगेशन
समाज

चन्द्रपुर नगर उद्योग वाणिज्य संघमा कांग्रेस, एमाले, माओवादीको गठबन्धनलाई दोब्बर मतले हराउँदै रास्वपा सापकोटा निर्वाचित

रौतहट, साउन ८ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयनारायण सापकोटा (सुरेन) दोब्बर मतान्तरसहित विजयी भएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा नेपालसमेत रहेको पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुनीलकुमार साहलाई हराउँदै सापकोटा दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सम्पन्न निर्वाचनमा सापकोटाले ५०२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी साहले २६९ मत पाए, निर्वाचन समिति संयोजक दिलीप कोइरालाले जानकारी दिए। कुल ३१ मत बदर भएको थियो।

Ncell
Extreme Energy

सापकोटा हाल रास्वपा चन्द्रपुर नगर समितिका सभापति हुन्। उनी यसअघि कांग्रेसमा सक्रिय रहे पनि पछिल्लो समय रास्वपामा प्रवेश गरेका थिए।

संघको अन्य पदाधिकारी सदस्यहरू भने निर्विरोध चयन भएका छन्। एमालेनिकट दिवाकर सापकोटा, अनन्त अधिकारी, जगदीप चौधरी र युवराज कार्की, कांग्रेसनिकट अवधेशहरि भट्टराई र पुजन सत्याल, एकीकृत समाजवादीबाट सीता चौहान र गेनबहादुर दर्लामी, माओवादीनिकट रेखा गुप्ता र गौतम खड्का निर्विरोध सदस्य चुनिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।