नेभिगेशन
मुख्य समाचार

चन्द्रपुर नगर उद्योग वाणिज्य संघमा कांग्रेस, एमाले, माओवादीको गठबन्धनलाई दोब्बर मतले हराउँदै रास्वपा सापकोटा निर्वाचित

रौतहट, साउन ८ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयनारायण सापकोटा (सुरेन) दोब्बर मतान्तरसहित विजयी भएका छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा नेपालसमेत रहेको पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुनीलकुमार साहलाई हराउँदै सापकोटा दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

बुधबार सम्पन्न निर्वाचनमा सापकोटाले ५०२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी साहले २६९ मत पाए, निर्वाचन समिति संयोजक दिलीप कोइरालाले जानकारी दिए। कुल ३१ मत बदर भएको थियो।

सापकोटा हाल रास्वपा चन्द्रपुर नगर समितिका सभापति हुन्। उनी यसअघि कांग्रेसमा सक्रिय रहे पनि पछिल्लो समय रास्वपामा प्रवेश गरेका थिए।

संघको अन्य पदाधिकारी सदस्यहरू भने निर्विरोध चयन भएका छन्। एमालेनिकट दिवाकर सापकोटा, अनन्त अधिकारी, जगदीप चौधरी र युवराज कार्की, कांग्रेसनिकट अवधेशहरि भट्टराई र पुजन सत्याल, एकीकृत समाजवादीबाट सीता चौहान र गेनबहादुर दर्लामी, माओवादीनिकट रेखा गुप्ता र गौतम खड्का निर्विरोध सदस्य चुनिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...
नेपाली सेनाका दुई उच्च अधिकृतको बढुवा गर्ने सरकारको निर्णय

नेपाली सेनाका दुई उच्च अधिकृतको बढुवा गर्ने सरकारको निर्णय

त्यस्तै सरकारले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने र मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन...
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे । उनले अगामी फागुन २१ गतेका लागि...