नेभिगेशन
मुख्य समाचार

यी एजेण्डमा छलफल गर्न बस्दै रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक शुक्रबार १ बजे केन्द्रीय कार्यालय चमतीमा बस्दैछ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुनेछ।

साथै प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट, केन्द्रीय सदस्य रिपोर्टिङ,पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन,विधान ब्याख्या अनुमोदन,केन्द्रीय विभागको प्रमुख मनोनयन,पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्ताव,पार्टीको निर्वाचन आयोगमा मनोनयन,रणनीतिक समुह गठन,संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने, विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने लगायतका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए । 

City Express

यस्तै  सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा पनि छलफल हुनेल छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation