नेभिगेशन
समाज

बेरुजु फछ्र्यौटका लागि राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फछ्र्यौटका लागि राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक बर्ष बेरुजु बढ्दै गएकाले कानूनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले चालू आर्थिक बर्षलाई बेरुजु फछ्र्यौट वर्षका रुपमा अभियान कै रुपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । उनले बिभिन्न कार्यालयमा सरुवा गरि पठाउने लेखासम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक बर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए । 

Ncell
Extreme Energy

बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गएपनि त्यहि अनुसार फछ्र्यौटको काम पनि अघि बढेको धारणा राखे । उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए । 

त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरुले बेरुजु फछ्र्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
एमालेले  'देशद्रोही भाष्य र घेराबन्दी'  डटेर सामान गर्छः केपी ओली

एमालेले 'देशद्रोही भाष्य र घेराबन्दी' डटेर सामान गर्छः केपी ओली

उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी...
मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्रालयकाे सङ्ख्या  घटाउँदा  २० अर्ब बचत

मन्त्री पोखरेलले सार्वजनिक गरेकाे पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्र उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम...
सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ- मन्त्री गौतम

“नेपाली जनताले देखेको समृद्धिको सपना निकै फराकिलो छ । सोही सपनालाई छिटो र सरल ढङ्गले अघि बढाउन विधेयक प्रस्ताव पेस गरेका हौं,” मन्त्री गौतमले भनिन्, “पूर्वाधार निर्माणमा हुने...