नेभिगेशन
मुख्य समाचार

उच्च अदालतमा नियुक्ति सिफारिस २७ न्यायाधीशमा नेपाल बारको असन्तुष्टि

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद्को बिहीबारको बैठकबाट गरिएको २७ न्यायाधीशको नियुक्ति सिफारिसमा असन्तुष्टि जनाएको छ । बारले शुक्रबार  विज्ञप्ति प्रकाशित गरी न्याय परिषद्को निर्णय असन्तुलित, असमावेशी र विभेदकारी भएकाले स्वागत गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा न्यायिक सुधारका प्रतिबद्धता कार्यान्वयनमा उदासिनता देखिएको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ।

नेपाल बार एसोसिएसनको विज्ञप्ति यस्तो छः 

नेपाल बार एसोसिएसन न्याय प्रणालीको एक अभिन्न अंग र सरोकारवाला मात्र नभई न्याय परिषद्को एक महत्त्वपूर्ण साझेदार पनि हो। यति महत्त्वपूर्ण र दूरगामी असर पार्ने निर्णय गर्दा परिषद्ले बारको सरोकारलाइ पुरै बेवास्ता गरेको छ। यो सहकार्य र पारदर्शीताको सिद्धान्त विपरीत छ। यस्ता अभ्यासले स्वेच्छाचारितालाई बढावा दिन्छ।

नेपाल बार एसोसिएसनको सरोकार आफ्ना बिगतका विभिन्न राष्ट्रिय सम्मेलनहरू, सल्लाहकार समितिका बैठकहरू तथा केन्द्रीय समितिका बारम्बारका निर्णयहरूबाट निरन्तर व्यक्त गर्दै आएको अडानकै निरन्तरता हो। न्याय परिषद्को संशोधित र विभेदलाई प्रश्रय दिने नियमावली तत्काल खारेज हुनुपर्ने, न्यायाधीश नियुक्तिका लागि पारदर्शी, वस्तुनिष्ठ र पूर्वानुमानयोग्य मापदण्ड निर्धारण गरिनुपर्ने, र संविधानको मर्मबमोजिम समानुपातिक समावेशी सिद्धान्तलाई पूर्णतः कार्यान्वयन गरिनुपर्ने हाम्रो अविचलित माग हो। यो माग पूरा नभएसम्म र उक्त संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषदबाट हुने कुनै पनि नियुक्तिलाई नेपाल बार एसोसिएसनले स्वागत गर्दैन।

नेपालको न्यायिक इतिहासमा स्वतन्त्र, सक्षम, निष्पक्ष, पारदर्शी र जवाफदेही न्यायपालिकाको स्थापना तथा कानून र न्यायको रक्षाका लागि नेपाल बार एसोसिएसन निरन्तर क्रियाशील रहँदै आएको व्यहोरा सर्वविदितै छ। न्यायपालिकाको स्वतन्त्रता र गरिमा अभिवृद्धि गर्ने हाम्रो अविचलित प्रतिबद्धताका बाबजुद न्याय परिषदबाट हुने नियुक्तिहरूमा देखिएका घटनाहरूले हामीलाई बारम्बार चिन्तित तुल्याएको छ।

२०८२ साउन २२ मा न्याय परिषद्ले उच्च अदालतमा गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारीश प्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ। यो नियुक्तिले नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी राज्यको मर्म र भावनालाई पूर्णतः बेवास्ता गरेको छ। न्यायपालिका जस्तो महत्त्वपूर्ण अंगमा महिला, विभिन्न भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा, यो नियुक्तिले त्यसलाई अस्वीकार गरेको छ। यस्तो असन्तुलित नियुक्तिले न्यायपालिकामाथि सबैको समान पहुँच र अपनत्वको भावनामा गम्भीर चोट पुर्‍याएको छ। न्याय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनाएको छ।

न्यायाधीशको पद सार्वजनिक विश्वासको धरोहर हो, जुन योग्यता र क्षमताको आधारमा प्रदान गरिनुपर्छ। थुप्रै सुधारका प्रतिबद्धता व्यक्त गरिएको न्यायिक सुधारको प्रतिवेदनहरु केवल देखाउने आलंकारिक दस्तावेज मात्र भएका छन्। त्यसको कार्यान्वयनमा जिम्मेवार पक्ष उदासीन देखिन्छ।  

नेपाल बार एसोसिएसन न्याय प्रणालीको एक अभिन्न अंग र सरोकारवाला मात्र नभई न्याय परिषद्को एक महत्त्वपूर्ण साझेदार पनि हो। यति महत्त्वपूर्ण र दूरगामी असर पार्ने निर्णय गर्दा परिषद्ले बारको सरोकारलाइ पुरै बेवास्ता गरेको छ। यो सहकार्य र पारदर्शीताको सिद्धान्त विपरीत छ। यस्ता अभ्यासले स्वेच्छाचारितालाई बढावा दिन्छ।

नेपाल बार एसोसिएसनको सरोकार आफ्ना बिगतका विभिन्न राष्ट्रिय सम्मेलनहरू, सल्लाहकार समितिका बैठकहरू तथा केन्द्रीय समितिका बारम्बारका निर्णयहरूबाट निरन्तर व्यक्त गर्दै आएको अडानकै निरन्तरता हो। न्याय परिषद्को संशोधित र विभेदलाई प्रश्रय दिने नियमावली तत्काल खारेज हुनुपर्ने, न्यायाधीश नियुक्तिका लागि पारदर्शी, वस्तुनिष्ठ र पूर्वानुमानयोग्य मापदण्ड निर्धारण गरिनुपर्ने, र संविधानको मर्मबमोजिम समानुपातिक समावेशी सिद्धान्तलाई पूर्णतः कार्यान्वयन गरिनुपर्ने हाम्रो अविचलित माग हो। यो माग पूरा नभएसम्म र उक्त संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषदबाट हुने कुनै पनि नियुक्तिलाई नेपाल बार एसोसिएसनले स्वागत गर्दैन।


वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला
महासचिव

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नागरिक अगुवासँग प्रधानमन्त्री कार्कीले भनेका मुख्य ७ कुरा

नागरिक अगुवासँग प्रधानमन्त्री कार्कीले भनेका मुख्य ७ कुरा

छलफलमा इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तमाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मा वाग्ले, दोभान राई, नयनतारा गुरुङ, निर्घ नवीन, विजय तिमिल्सेना, खगेन्द्र संग्रौला,...
सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौतीः महानिरीक्षक कार्की

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौतीः महानिरीक्षक कार्की

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव...
निर्वाचनका लागि रास्वपाले गरायो आयोगमा दल दर्ता

निर्वाचनका लागि रास्वपाले गरायो आयोगमा दल दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । सोमबार निर्वाचनमा आयोगमा पुगेर कोषाध्यक्ष लीमा अधिकारी, केन्द्रीय सदस्य गणेश पराजुलीसहितका नेताहरुले दल दर्ताका...
एनपीएल उद्घाटन खेलः साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

एनपीएल उद्घाटन खेलः साविक विजेता जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।