नेभिगेशन
समाज

रुपन्देही– ३ को उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिएका ९ जनै उममेदवारसँग छलफल गर्दैछ । आज दिउँसो १ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा छलफल हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहमहामन्त्री विपीन आचार्यको सहजीकरणमा हुने छलफलमा लुम्बिनी प्रदेश सभापति देवराज पाठक र अन्य पदाधिकारीहरू सहभागी हुनेछन् । छलफलपछि आजै पत्रकार भेटघाटको कार्यक्रम छ ।

Ncell
Extreme Energy

उप निर्वाचनका लागि कुसुम महर्जन, जितबहादुर गुप्ता, मधु प्रसाद अर्याल, शुलभ खरेल, रचना क्षेत्री, ज्ञानु पौडेल, डा. लेखजंग थापा, पार्थीवेन्द्र उपाध्याय र पुनम कुमारी अग्रवालले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।

पार्टीले छलफपछि साझा नाम तय गर्नको लागि छलफल गर्नेछ । छलफलबाट साझा नाम तय नभए आन्तरिक प्रतिष्पर्धाको प्रक्रिया अघि बढ्नेछ । 

रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो । 

आजको छलफलपछि २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ। भदौ १५ गते उम्मेदवार तय गरिनेछ । 

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।