नेभिगेशन
मुख्य समाचार

रुपन्देही– ३ को उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिएका ९ जनै उममेदवारसँग छलफल गर्दैछ । आज दिउँसो १ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा छलफल हुँदैछ ।

सहमहामन्त्री विपीन आचार्यको सहजीकरणमा हुने छलफलमा लुम्बिनी प्रदेश सभापति देवराज पाठक र अन्य पदाधिकारीहरू सहभागी हुनेछन् । छलफलपछि आजै पत्रकार भेटघाटको कार्यक्रम छ ।

उप निर्वाचनका लागि कुसुम महर्जन, जितबहादुर गुप्ता, मधु प्रसाद अर्याल, शुलभ खरेल, रचना क्षेत्री, ज्ञानु पौडेल, डा. लेखजंग थापा, पार्थीवेन्द्र उपाध्याय र पुनम कुमारी अग्रवालले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।

पार्टीले छलफपछि साझा नाम तय गर्नको लागि छलफल गर्नेछ । छलफलबाट साझा नाम तय नभए आन्तरिक प्रतिष्पर्धाको प्रक्रिया अघि बढ्नेछ । 

रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो । 

आजको छलफलपछि २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ। भदौ १५ गते उम्मेदवार तय गरिनेछ । 

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेका योगदानको स्मरण गरेका थिए । उनले राणाशासनको समाप्तीमात्रै नभइ पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्वपूर्ण...
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श भइरहेको जनाइएको छ ।
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

“यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो”, नरिमायाले आश्चार्य मान्दै भनिन्, “अहिले हिमाल पहाड हुन लाग्यो र पो ।” पछिल्लो १५ वर्षयता चार हजार १९०...
सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम...