नेभिगेशन
समाज

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

पाल्पा । नेपाल(अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी भदौ १ गते हुन लागेको २०६औँ भगवती रथाजात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । 

Ncell
Extreme Energy

नेपाल(अङ्ग्रेज युद्धका बेला नेपाली फौजले जितगढी किल्लामा विजय हासिल गरेको सम्झनामा भगवतीको रथयात्रा गर्ने परम्परा रहिआएको छ । तत्कालीन तैनाथ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अङ्ग्रेज फौजलाई जितगढी किल्लामा विजय हासिल गरेको थियो । सोही बेलादेखि पाल्पाको तानसेनमा रहेको भगवती माताको रथयात्रा गराउने प्रचलन सुरु भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिए ।  

दुई सय वर्षअघिदेखि भगवतीको रथयात्रा गर्ने प्रचलन कायम राख्दै यो वर्ष आगामी भदौ १ गते रथयात्रा गर्ने तयारी भएको उनले बताए । उनले भने, “ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास लिएका छौँ । नेपाली सेनाले विजय हासिल गरेको दिनको विशेष सम्झना यसले दिलाउँछ ।”

तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए । 

गुठी व्यवस्थापन समितिले विभिन्न उपसमिति गठनगरी विजय उत्सवलाई भव्य बनाउन लागिपरेको छ । कार्यक्रममा सहभागी हुन राष्ट्रका उच्चपदस्थ व्यक्तिहरू पनि आउनुहुने महर्जनले बताए । उनका अनुसार विजयजात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीको राति प्रमुख जिल्ला अधिकारी, प्रमुख सेनानी र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूले संयुक्त रूपमा पञ्चवलीसहित पूजा गर्ने प्रचलन छ । 

अङ्ग्रेजसँग युद्ध लडेको तरबार प्रदर्शन गरी रथमा राखेर सेनाले बढाइँ दिने चलन रहिआएको समितिका अध्यक्ष महर्जनले जानकारी दिए । उनका अनुसार विजयउत्सव भगवती जात्रालाई तानसेन बजारको पाल्पा दरबार शीतलपाटी, भगवतीटोल, वसन्तपुर, कैलाशनगर, अशनटोल, नारायणस्थान, भीमसेनटोल, गोरखदल गण, बसपार्क आन्दोलनचोक, बडिज्ञानटोल, सिल्खानटोल, टक्सारलगायत स्थानमा घुमाउने गरिन्छ । 

जात्रा हेर्न पाल्पा, काठमाडौँ, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट उच्चपदस्थ व्यक्ति, सरकारी कर्मचारीलगायत आमनागरिकको उपस्थिति रहने समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

खासगरी सरकारले सुशासन, सार्वजनिक सेवा सुधारको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रवक्ता पोखरेलले बताए ।
सय दिनमै सुशासनमा सरकारले मारेको फड्को

सय दिनमै सुशासनमा सरकारले मारेको फड्को

प्रधानमन्त्रीहरू बालुवाटारमै बसेर राज्यसत्ता सञ्चालन गर्ने परम्परा नै बसेको थियो । पार्टीका बैठकदेखि कूटनीतिक भेटघाट संवाद समेत प्रधानमन्त्री निवासमै हुँदा राजनीतिक परम्परा संस्कृति असुहाउँदो हुँदै गएको थियो । ...
निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

आयोजना प्रभावित व्यास नगरपालिकाका बेतेनी, झापुटार, होक्सेटार र बेलवास क्षेत्रका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ। स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका...