नेभिगेशन
समाज

रास्वपाका ७ उम्मेदवार आकांक्षी भन्छन्ः ‘टिकट जसले पाएपनि पार्टीले जित्नुपर्छ’ (भिडियाे)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिएका ९ जनै उम्मेदवारसँग छलफल गरिरहेको । आज दिउँसो १ देखि उक्त छलफल सुरु भएको हो । छलफल पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा  ५ बजेसम्म चल्नेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलको लागि काठमाडौँ आएको मौकामा सिधाकुराले आकांक्षीमध्ये ७ जनासँग संक्षिप्त कुराकानी गरेको छ । सो क्रममा उनीहरुले टिकट जसले पाएपछि जित रास्वपाको हुनुपर्ने अभिव्यक्ति दिएका छन् । 

Ncell
Extreme Energy

यस्तो छ ९ जना अकांक्षीमध्ये ७ जनासँग सिधाकुराले गरेको संक्षिप्त कुराकानी 

उप निर्वाचनका लागि कुसुम महर्जन, जितबहादुर गुप्ता, मधु प्रसाद अर्याल, शुलभ खरेल, रचना क्षेत्री, ज्ञानु पौडेल, डा. लेखजंग थापा, पार्थीवेन्द्र उपाध्याय र पुनम कुमारी अग्रवालले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।

पार्टीले छलफपछि साझा नाम तय गर्नको लागि छलफल गर्नेछ । छलफलबाट साझा नाम तय नभए आन्तरिक प्रतिष्पर्धाको प्रक्रिया अघि बढ्नेछ । 

रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो । 

आजको छलफलपछि २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ। भदौ १५ गते उम्मेदवार तय गरिनेछ । 

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।

भर्खरै