नेभिगेशन
मुख्य समाचार

रास्वपाका ७ उम्मेदवार आकांक्षी भन्छन्ः ‘टिकट जसले पाएपनि पार्टीले जित्नुपर्छ’ (भिडियाे)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न आवेदन दिएका ९ जनै उम्मेदवारसँग छलफल गरिरहेको । आज दिउँसो १ देखि उक्त छलफल सुरु भएको हो । छलफल पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा  ५ बजेसम्म चल्नेछ । 

छलफलको लागि काठमाडौँ आएको मौकामा सिधाकुराले आकांक्षीमध्ये ७ जनासँग संक्षिप्त कुराकानी गरेको छ । सो क्रममा उनीहरुले टिकट जसले पाएपछि जित रास्वपाको हुनुपर्ने अभिव्यक्ति दिएका छन् । 

यस्तो छ ९ जना अकांक्षीमध्ये ७ जनासँग सिधाकुराले गरेको संक्षिप्त कुराकानी 

उप निर्वाचनका लागि कुसुम महर्जन, जितबहादुर गुप्ता, मधु प्रसाद अर्याल, शुलभ खरेल, रचना क्षेत्री, ज्ञानु पौडेल, डा. लेखजंग थापा, पार्थीवेन्द्र उपाध्याय र पुनम कुमारी अग्रवालले उम्मेदवारीका लागि आवेदन दिएका छन् ।

पार्टीले छलफपछि साझा नाम तय गर्नको लागि छलफल गर्नेछ । छलफलबाट साझा नाम तय नभए आन्तरिक प्रतिष्पर्धाको प्रक्रिया अघि बढ्नेछ । 

रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो । 

आजको छलफलपछि २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ। भदौ १५ गते उम्मेदवार तय गरिनेछ । 

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श भइरहेको जनाइएको छ ।
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

“यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो”, नरिमायाले आश्चार्य मान्दै भनिन्, “अहिले हिमाल पहाड हुन लाग्यो र पो ।” पछिल्लो १५ वर्षयता चार हजार १९०...
सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम...
एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु(तस्बिरहरु)

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु(तस्बिरहरु)

गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरू भएको हो ।