नेभिगेशन
मुख्य समाचार

सडकमै केराको बोट रोपेर विरोध

भक्तपुर । अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक निर्माणमा कसैले चासो नदिएको भन्दै स्थानीयले सडकमै केराको बोट रोपेर विरोध जनाएका छन् । 

बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह निस्कने वैकल्पिक सडकको दुरावस्था भएपछि स्थानीयले सडक छिटो मर्मत र स्तरोन्नति गर्नुपर्ने माग गर्दै सडकमै केराको बोट रोपेर साङ्गेतिक विरोध गरेका हुन् । चाँगुनारायण नगरपालिका–९ अन्तर्गत रहेको ताथलीस्थित रामसीता मन्दिर क्षेत्रमा नगरपालिकाले गरेको ढलानसमेत अधुरो रहेकाले थप जोखिम निम्त्याएको भन्दै स्थानीय दक्षिणकाली युवा समूहले हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । 

अध्यक्ष सुरेशराज गिरीले रामसीता मन्दिरसँगैको सडकमै समूहले हस्ताक्षरसहित ‘ब्यानर’ राखेर विरोध सुरु गरेको र जनप्रतिनिधिलाई जानकारी गराइएको बताए । उनले स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेकाले सडकमै केराको बोट राखेर साङ्गेतिक विरोध गरेको बताए ।  

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक जगाति साँगा धुलिखेल सडक छ लेनमा विस्तार भइरहेकाले ‘च्यामासिंह–ताथली–नाला’ सडकमा दैनिक हजारौँ सवारीसाधनको चाप बढेको अध्यक्ष गिरीले बताए । उनले भने, “ताथलीको भञ्याङमा सडक नै खस्न लागेर जोखिमपूर्ण अवस्था छ । रामसीता मन्दिरसँगैको अधुरो सडक जीर्ण भएर दैनिक जाम र दुर्घटनाको जोखिम बढेको छ, तर व्यवस्थापनमा ध्यान दिइएको छैन । यसलृ ब्रम्हायानी चोकंतिला पुल, भतिडोल, फैढोका, पण्डित पधेरो, गोठालेचौर, तल्लो र माथिल्लो छापलगायतका स्थानीय बढी प्रभावित भएको छौँ” ।  
    
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले विसं २०१६ मा शिलान्यास गरेको सडकलाई स्थानीय रूपमा ‘गणेशमान मार्ग’ नामाङ्करण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

कीर्तिपुरका सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल–२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।
प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका  एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसंग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । सोमबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट...
कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि...

भर्खरै