नेभिगेशन
समाज

अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

काठमाडौं । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ । 
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङ लगाएत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ । उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् ।  

Ncell
Extreme Energy

अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो । अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

खासगरी सरकारले सुशासन, सार्वजनिक सेवा सुधारको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रवक्ता पोखरेलले बताए ।
सय दिनमै सुशासनमा सरकारले मारेको फड्को

सय दिनमै सुशासनमा सरकारले मारेको फड्को

प्रधानमन्त्रीहरू बालुवाटारमै बसेर राज्यसत्ता सञ्चालन गर्ने परम्परा नै बसेको थियो । पार्टीका बैठकदेखि कूटनीतिक भेटघाट संवाद समेत प्रधानमन्त्री निवासमै हुँदा राजनीतिक परम्परा संस्कृति असुहाउँदो हुँदै गएको थियो । ...
निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

आयोजना प्रभावित व्यास नगरपालिकाका बेतेनी, झापुटार, होक्सेटार र बेलवास क्षेत्रका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ। स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका...