नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै दिएको निवेदनको सुनुवाई न्यायाधीश नारायण सापकोटाको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गरी मुद्दा लड्न दिन माग गर्दै रुपन्देही जिल्ला अदालतमा दिएको निवेदनको आज सुनुवाई हुने भएको छ । उक्त निवेदनको पेसी न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको छ । 

चैत २५ गतेदेखि कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा केही दिनअघि निवेदन दर्ता गरेका थिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । 

CG

रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् । 

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको भए पनि उच्च अदालत बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।

रुपन्देहीमा लामिछानेलाई  १० करोड ९९ लाख बराबरको सामूहिक बिगो कायम गरिएको छ, जस मध्ये आफ्नो भाग बराबरको रकम जमानत राखेर थुनामुक्त हुन उनले पुनः निवेदन दिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१ हजार १ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै, नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

१ हजार १ सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै, नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै...
बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय झण्डा दिवस (तस्बिरहरु)

संयुक्त राष्ट्रसङ्घमा  नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (मंगलबार) आठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

मुग्लिन–पोखरा सडकअन्तर्गतको मादी पुल निर्माणको अन्तिम चरणमा

उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ ।
एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

एमालेको नयाँ नेतृत्वका लागि आज मतदानः ८० विद्युतीय उपकरण प्रयोग गरिँदै

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार मंगलबार मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली...