नेभिगेशन
समाज

महाकाली नदीमा डुबेका दुई बालिकाको अझै पत्तो लागेन

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई बालिकाको अझै पत्तो लाग्न सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुहाउने क्रममा सात वर्षीय सान्वी पन्त र ६ वर्षीय जीविका पन्त आइतबार नदीमा डुबेर बेपत्ता भएका थिए । सोमबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोलीले नदी क्षेत्रमा दुवै बालिकाको खोजतलासको कार्य जारी राखे पनि अहिलेसम्म फेला पार्न सकेका छैनन् ।

Ncell
Extreme Energy

“बालिका नदीमा डुबेको खबर पाउने बित्तिकै आइतबार साँझ अबेरसम्म नदीमा खोजतलास गर्‍यौँ,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भने, “आज बिहानदेखि पुनः खोजतलासको कार्य भइरहे पनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।” नदीमा पानीको बहाव अधिक रहेकाले खोजतलासको कार्यमा अप्ठेरो भइरहेको उनले बताए । दुवै बालिका एकै परिवारको भएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।