नेभिगेशन
समाज

बैतडीका अधिकांश ग्रामीण सडक अवरुद्ध

बैतडी । लगातारको वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध भएका छन् । वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारीसाधन सञ्चालनमा निकै जोखिम हुने गरेको समेत सवारीचालकहरूले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा निकै जोखिम बढेको जिपचालक शेरसिंह कार्कीले बताए । उनले भने, “वर्षातको समयमा ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । सडकहरू स्तरोन्नति नहुँदा निकै जोखिम पनि छ ।”

Ncell
Extreme Energy

जिल्लाको सतबाँझ–सुर्नया सडकमा स्तरोन्नतिको काम भइरहेको छ । स्तरोन्नति कामको सिलसिलामा सडक चौडा पार्ने काम भइरहेको छ । तर वर्षातको समयमा उक्त सडकको ठाउँठाउँमा पहिरो खस्दा सवारीसाधन सञ्चालनमा निकै समस्या हुने गरेको चालकहरू बताउछन् ।  

जिल्लाको पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडकखण्डमा पनि अवस्था उस्तै रही आएको छ । वर्षातको समयमा ठूलो बसहरू सञ्चालन गर्न नसकिएको यातायात व्यवसायी बताउछन् । 

जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने ग्रामीण कच्ची सडकमा समेत वर्षातको समयमा सवारीसाधन चलाउन मुस्किल हुने गरेको सवारीचालकहरू बताउछन् । देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वरलगायत सडकमा वर्षातको समयमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । यसका साथै  पाटन–सकार–कैलपाल सडक, धर्मघर–सनशेरीमाडौँ सडक, देहीमाडाँै–दुर्गाभवानी सडक, देहीमाडौँ–सुरकाल सडक पनि वर्षाका कारण अवरुद्ध छन् । 

वर्षातले ग्रामीण सडक ठाउँठाउँमा भत्किएकाले जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परिरहेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताए । उनले भने, “वर्षाका कारण ग्रामीण सडक हिलाम्मे हुने र पहिरोको समेत डर हुने गरेको छ । जोखिम मोलेर सवारी चलाउनुपर्छ ।”

त्यस्तै, ग्रामीण कच्ची सडकहरू पूर्ण रूपमा सञ्चालन नहुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन् । जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नु परेको भन्दै यातायात व्यवसायीले आफूखुसी भाडा असुल्ने गरेका छन् । कच्ची सडकहरूमा वर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक वर्ष अवरुद्ध हुँदै आएका छन् । 

कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रहेको दोगडाकेदार–१ रिमका हरिस साउँदले बताए । उनले भने, “ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री आकस्मिक कामका लागि जानुपरेमा ढुवानीमा समस्या हुने गरेको छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

विद्यार्थीहरुलाई सैन्य तालिम दिने बालेनको प्रस्ताव,  तालिमप्राप्त विद्यार्थीलाई नेपाली सेनाको ब्याकअपको रुपमा राखिने

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरेले सैद्धान्तिक रुपमा राज्यले आफ्नो नागरिकलाई एक हिसाबले आधारभूत तहको तालिम दिन्छु भन्नु स्वभाविक भएको बताए । तर, अहिलेको युगमा सैन्य तालिम...
सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

सरकारले सयदिनमा गरेका काम (पूर्णपाठ)

खासगरी सरकारले सुशासन, सार्वजनिक सेवा सुधारको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको प्रवक्ता पोखरेलले बताए ।
सय दिनमै सुशासनमा सरकारले मारेको फड्को

सय दिनमै सुशासनमा सरकारले मारेको फड्को

प्रधानमन्त्रीहरू बालुवाटारमै बसेर राज्यसत्ता सञ्चालन गर्ने परम्परा नै बसेको थियो । पार्टीका बैठकदेखि कूटनीतिक भेटघाट संवाद समेत प्रधानमन्त्री निवासमै हुँदा राजनीतिक परम्परा संस्कृति असुहाउँदो हुँदै गएको थियो । ...
निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

आयोजना प्रभावित व्यास नगरपालिकाका बेतेनी, झापुटार, होक्सेटार र बेलवास क्षेत्रका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ। स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका...