नेभिगेशन
मुख्य समाचार

गण्डकी प्रदेशमा सात निर्देशनालय र दुई केन्द्र खारेज, एक सय ८५ कर्मचारी दरबन्दी घटाइयो

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको सोमबार पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका हुन । 

निर्णयसँगै खारेज गरिएका निर्देशनालयहरूबाट प्रवाह हुँदै गरेका काम तथा सेवाहरू आगामी दिनमा मन्त्रालयका महाशाखाहरूबाटै उपलब्ध गराउने जानकारी दिँदै उनले यसबाट सेवा प्रवाहमा कुनै असर नपर्ने बताए । 

त्यस्तै जिल्लास्तरका विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । निर्णयअनुसार खारेज हुने निर्देशनालयहरूमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय रहेका छन् । 
    
खारेज भएका केन्द्रमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र रहेका छन् । यसअघि प्रदेशको विद्यमान प्रशासनिक संरचना बोझिलो भएको र खर्च धान्न नसकिने अवस्था आएको भन्दै सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले दिएको प्रतिवेदन अनुसार प्राप्त सुझावका आधारमा यो निर्णय गरिएको उनले बताए । 

प्रतिवेदनलाई आवश्यकता र औचित्यका आधारमा क्रमशः कार्यान्वयन गर्दै लाने सन्दर्भमा यो कदम चालिएको उल्लेख गर्दै उनले यसबाट संरचनागत सुधार, चालु खर्च कटौती, छरितो प्रशासनसँगै मितव्ययी एवम् सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास लिइएको उनले बताए ।

सरकारले एक सय ८५ जना कर्मचारीको दरबन्दी घटाएकोमा अधिकृतस्तरका ४१, सहायकस्तरका ९६ र श्रेणीविहीन ४८ रहेको सरकारले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रविको निवेदनमा रुपन्देही अदालतको आदेशः माग बमोजिम नहुने

रविको निवेदनमा रुपन्देही अदालतको आदेशः माग बमोजिम नहुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा माग बमोजिम नहुने आदेश गरेको छ । लामिछानले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर रिहाईको माग गर्दै निवेदन दिएका...
रुपन्देहीमा रविको निवेदनमा बहस सकियो, आदेश आजै आउने

रुपन्देहीमा रविको निवेदनमा बहस सकियो, आदेश आजै आउने

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको हो । रवि लामिछानेका तर्फबाट अधिवक्ता डा नारायण कँडेल लगायतले बहस गरेका थिए । उनका अनुसार बहस सकिएर अहिले...
मदन भण्डारी फाउन्डेसनको गतिविधिप्रति असन्तुष्ट ओली

मदन भण्डारी फाउन्डेसनको गतिविधिप्रति असन्तुष्ट ओली

सोमबार एमाले पार्टी कार्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउदै अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनले पार्टी हित विपरीत आफ्नो गतिविधि गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन्...
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासनमा दर्ता गर्नुपर्ने व्यवस्थाविरुद्ध सर्वाेच्चमा रिट

अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासनमा दर्ता गर्नुपर्ने व्यवस्थाविरुद्ध सर्वाेच्चमा रिट

रिटमा २०८२ साउन १४ गते राजपत्रमा प्रकाशित 'नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२' मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७(ख) खारेज गर्न माग...