नेभिगेशन
मुख्य समाचार

मदन भण्डारी फाउन्डेसनको गतिविधिप्रति असन्तुष्ट ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । 

सोमबार एमाले पार्टी कार्यालय च्यासलमा मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउदै अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनले पार्टी हित विपरीत आफ्नो गतिविधि गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् । सो क्रममा उनले मदन भण्डारी फाउण्डेसन पार्टी नबनाएको बताए । उनले भने, ‘जतिबेला मदन—आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउण्डेशन जन्मिएको हो तर त्यो पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको होइन ।’

अहिले फाउण्डेसनका गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको उनले बताए । ओलीले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने अन्यौल नै रहेको बताए । उनले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेसनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुुनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने बताए । 

“मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो”, अध्यक्ष ओलीले भने, “पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउन्डेशन खोलिएको थियो । अहिले फाउन्डेशन गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान् हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।”

उनले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई सपथ गराएका थियो । प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यही साउन २३ गतेको ३१ औँ साधारणसभाबाट एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेका योगदानको स्मरण गरेका थिए । उनले राणाशासनको समाप्तीमात्रै नभइ पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्वपूर्ण...
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श भइरहेको जनाइएको छ ।
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

“यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो”, नरिमायाले आश्चार्य मान्दै भनिन्, “अहिले हिमाल पहाड हुन लाग्यो र पो ।” पछिल्लो १५ वर्षयता चार हजार १९०...
सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम...