नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेलाई धरौटी जमानतमा रिहा गर्न अस्वीकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा माग बमोजिम नहुने आदेश गरेको छ । लामिछानले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर रिहाईको माग गर्दै निवेदन दिएका थिए । 

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाई गर्दै यस्तो आदेश गरेको हो । 

लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनसँग जमानत पनि बुझाइसकेका थिए । 

उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका थिए । 

सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने उनको माग थियो । 

यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको भए पनि उच्च अदालत बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।

रुपन्देहीमा लामिछानेलाई  १० करोड ९९ लाख बराबरको सामूहिक बिगो कायम गरिएको छ, जस मध्ये आफ्नो भाग बराबरको रकम जमानत राखेर थुनामुक्त हुन उनले पुनः निवेदन दिएका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

काँग्रेस नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती, देशभर विविध कार्यक्रमको आयोजना

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेका योगदानको स्मरण गरेका थिए । उनले राणाशासनको समाप्तीमात्रै नभइ पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्वपूर्ण...
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श भइरहेको जनाइएको छ ।
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

“यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो”, नरिमायाले आश्चार्य मान्दै भनिन्, “अहिले हिमाल पहाड हुन लाग्यो र पो ।” पछिल्लो १५ वर्षयता चार हजार १९०...
सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम...