नेभिगेशन
समाज

‘सरकारले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु’ – निकिता पौडेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले  संविधानले दिएको हरेक अधिकारमा सरकारले साँधेको प्रतिशोध र अन्यायविरुद्ध लड्ने बताएकी छिन् । रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई जमानतमा रिहा गर्न अस्वीकार गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । उनले श्रीमानले न्याय नपाएसम्म लडिरहने बताएकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले लेखेकी छिन्, ‘म थाकेकी छैन, हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।’ 

Ncell
Extreme Energy

आजै रुपन्देही अदालतबाट लामिछानेको निवेदनमा माग गरे बमोजिम नहुने आदेश आएको छ । रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाई गर्दै यस्तो आदेश गरेको हो । 

लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनसँग जमानत पनि बुझाइसकेका थिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका थिए । 

सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने उनको माग थियो । तर अदालतले श्रीमान्लाई थुनामुक्त गर्न अस्वीकार गरेपछि पौडेलले सरकारले प्रतिशोध साँधेर अन्याय गरेको बताएकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।