नेभिगेशन
मुख्य समाचार

‘सरकारले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु’ – निकिता पौडेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले  संविधानले दिएको हरेक अधिकारमा सरकारले साँधेको प्रतिशोध र अन्यायविरुद्ध लड्ने बताएकी छिन् । रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई जमानतमा रिहा गर्न अस्वीकार गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । उनले श्रीमानले न्याय नपाएसम्म लडिरहने बताएकी छन् । 

उनले लेखेकी छिन्, ‘म थाकेकी छैन, हारेकी छैन । संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु । यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु ।’ 

आजै रुपन्देही अदालतबाट लामिछानेको निवेदनमा माग गरे बमोजिम नहुने आदेश आएको छ । रुपन्देही जिल्ला अदालतमा न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाई गर्दै यस्तो आदेश गरेको हो । 

लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम जमानत राखेर थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदनसँग जमानत पनि बुझाइसकेका थिए । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका थिए । 

सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने उनको माग थियो । तर अदालतले श्रीमान्लाई थुनामुक्त गर्न अस्वीकार गरेपछि पौडेलले सरकारले प्रतिशोध साँधेर अन्याय गरेको बताएकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

बिस्तारै धुर्मुस सुन्तली ठूलो दलदलमा फस्दै गए । सरकारी तथा केही व्यक्तिहरुले कबोल गरेको रकम उठ्न सकेन । तत्कालिन बागमति प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले ३०...
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

कीर्तिपुरका सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल–२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।

भर्खरै