नेभिगेशन
समाज

आजको माैसमः कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज राति देशभर पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

Ncell
Extreme Energy

मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।