नेभिगेशन
समाज

व्यापक दुरुपयोगपछि  त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा आजदेखि भिजिटर पास वितरण बन्द गरेको छ।
विमानस्थल कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै ह्विलचेयरलगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भइरहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। सामान ‘चेक–इन’ सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गर्न पनि कार्यालयले भनेको छ।

Ncell
Extreme Energy

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मङ्गलबारदेखि लागू हुनेगरी अन्तरराष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको व्यहोरा सरोकार भएका सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ। 

भनसुनका भरमा वितरण हुने भिजिटर पास पहुँचका भरमा वितरण हुने गरेको थियो । विमानस्थल कार्यालयका अधिकारीहरुका अनुसार भिजिटर पासको दुरुपयोग बढेको पाइएपछि आजैबाट बन्द गर्न लागिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।