नेभिगेशन
समाज

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए । 

Ncell
Extreme Energy

सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए । भ्रष्ट आचरण भएका व्यक्ति छन्  भने पदासीन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ छ ।

उनले संयुक्त राष्ट्रसङ्घको भनाइ उद्धृत गर्दै ‘कोही पनि पछि नपरून्’ (नो वान लेफ्ट बिहाइन्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ सङ्कल्प गर्न आग्रह गरे ।

“नेपाललाई विकसित मुलुकमा रुपान्तरणका लागि हामीले सुशासनको दृढ सङ्कल्प लिएर दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्राकृतिक रुपमा उर्वर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । त्यस क्रममा सतर्कता केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी...
रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

रसुवाका बाढी प्रभावित चार हजार १०८ परिवारलाई नगद सहायता

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले उपलब्ध गराएको रकम दोहोरोपना हुन नदिने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज अपराह्न आपसी विवादमा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए ।