नेभिगेशन
मुख्य समाचार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएका छन् । 

मंगलबार बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न समय दिए । सांसद खनालले आफुहरुले लामो समयदेखि सदनमा जायज मागका साथ विरोध गरेपनि कुनै सुनुवाई नभएको भन्दै आपत्ति जनाए । 

CG

लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको उनले बताए ।

उनले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने उल्लेख गर्नुभयो । खनालले गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुन नसकेको दावी गरे । 

त्यस्तै राप्रपा सांसद विना लामाले भिजिट भिसा प्रकरणमा आफुहरुले राखेको मागलाई सरकारले वेवास्ता गरेको र त्यसलाई सघाउने काम संसदले गरेको आरोप लगाए । यस विषयमा संसदीय उच्चस्तरीय छानविन समिति गठन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । 

त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...