नेभिगेशन
समाज

ओली सरकारबाट लोकतन्त्र दुर्घटनाउन्मुख छ, प्रधानमन्त्री ज्यू 'हाउ डेमोक्रेसी डाई' भन्ने पुस्तक पढ्नुहोस्: शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारबाट लोकतन्त्र खतरामा रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद्को आजको बैठकमा बोल्दै सांसद खनालले रास्वपालाई लोकतन्त्र विरोध शक्ति भन्ने प्रधानमन्त्री र उनको सरकारले लोकतन्त्र खतरामा पर्ने ४ वटै आधार पूरा गरेको बताएका हुन् । 

Ncell
Extreme Energy

संसद्मा 'हाउ डमोक्रेसी डाई', अर्थात 'लोकतन्त्र कसरी मर्छ' भन्ने पुस्तकबारे उल्लेख गर्दै रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई उक्त पुस्तक पढ्न आग्रह समेत गरे । 

उनले भने  आज लोकतन्त्रमाथि सबै भन्दा ठुलो खतरा सैन्य कु होइन, निर्वाचित नेताहरू हुन् जसले बिस्तारै विधिको शासन भत्काउँछन् । लोकतन्त्रलाई खतरा बढ्दै गएका चार वटा सङ्केत हुन्छन् । 

एक, लोकतान्त्रिक प्रक्रिया र विधिहरूलाई नमान्ने, संविधानलाई कमजोर बनाउने 

दुई,राजनीतिक विरोधहरूलाई वैधानिकता नदिने, विपक्षीहरूलाई वैध नमान्ने, राजनीतिक प्रतिदोन्दीलाई दुश्मनका रुपमा चित्रण गर्ने, असहमतिहरूलाई अवैध ठहराउने, असहयोग गर्यो भन्ने, छलफल नगर्ने 

तीन, हिंसालाई प्रोत्साहन गर्ने 

चार, नागरिक स्वतन्त्रतालाई नियन्त्रण गरिराख्ने 

यो सँगै जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटना तर्फ लैजान्छ । 

हामी दुई महिनादेखि भीजिट भिसाका नाममा भइरहेको मानव तस्करीका विरुद्ध उच्च स्तरीय छानबिन आयोगको माग गरेर आन्दोलित भइराख्दा लिचबिारी बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाईमा भागबण्डा भएको खबर बाहिरियो, कुलि पिरियडको बदमासीको जिम्मेवारी लिनु पर्छ भन्ने निष्कर्ष निस्कियो र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाज निस्तेज गर्ने प्रयास भइरहेको छ । केही दिन अघि विमानस्थलको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकोमा पुग्छ, तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन । 

लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूल कानुन बनाउँछन्, न्यायपालिका स्वतन्त्रतालाई कुण्ठित पार्छन्, कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि नियन्त्रण गर्न खोज्छन्  र पनि प्रधानमन्त्री ज्यू भन्नुहुन्छ, लोकतन्त्र विरोधी शक्तिहरू संसद् अवरोध गरिरहेका छन् । प्रधानमन्त्री ज्यूलाई मेरो आग्रह,  हाउ डमोक्रेसी डाई भन्ने पुस्तक पढ्नुहोस् र अनि आफू र आफ्नो सरकारले एक वर्षदेखि गरेका कामहरूलाई मूल्याङ्कन गर्नुहोला । हामी त सुशासन होस, छानबिन होस, भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहनु भन्ने चाहन्छौँ, तपाईँहरू के चाहनुहुन्छ ? हामी आन्दोलनमा छौँ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।