नेभिगेशन
समाज

संसदीय समितिमा सहभागी हुने तर संसद बहिष्कार गर्ने रास्वपा र राप्रपाको नाटकको कुनै अर्थ छैनः महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले अराजनीतिक र अपराधीक तरिकाबाट सरकारका बिरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले सरकारबाट बाहिरिनुको छटपटीले आफुलाई म्याजिक नम्बर भन्नेहरुले सरकारका विरुद्ध अराजनीतिक र अपराधीक तरिकाबाट षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ता राजनीति र दाउपेजमा दिनरात समय खर्चिरहेको समेत टिप्पणी गरे । 

Ncell
Extreme Energy

त्यस्तै राजावादी समर्थक र आफुहरुलाई नयाँ बैकल्पीक भन्ने उदेश्यबिहीन शक्तिहरु अहिलेको सरकारको विरुद्धमा संगठीत रुपमा नै कुप्रचारमा लागेको उनले बताए । बर्तौलाले चौतर्फी प्रहार भएपनि सरकारले एक बर्षको अवधिमा सुशासन र सेवा प्रवाह सुधारका लागि कानूनी पक्षमा धेरै महत्वपूर्ण कामहरु गर्न सफल भएको दावी गरे । 

त्यस्तै उनले रास्वपा र राप्रपाका सांसदहरु संसदीय समितिमा सहभागी हुने तर संसद बहिष्कार गर्ने नाटकको कुनै अर्थ नभएको बताए । त्यसैगरि उनले रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्दै अदालतमा निवेदन दिएकाले घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसकेको तर्क गरे । 

उनले संसदमा रास्वपा सांसदहरुले गालीगलौजको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए । अहिले गरेको विरोध सही लागेपनि पछि यही कार्यशैलिका कारण रास्वपाको अस्तीत्व खतरामा पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।