नेभिगेशन
मुख्य समाचार

संसदीय समितिमा सहभागी हुने तर संसद बहिष्कार गर्ने रास्वपा र राप्रपाको नाटकको कुनै अर्थ छैनः महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले अराजनीतिक र अपराधीक तरिकाबाट सरकारका बिरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले सरकारबाट बाहिरिनुको छटपटीले आफुलाई म्याजिक नम्बर भन्नेहरुले सरकारका विरुद्ध अराजनीतिक र अपराधीक तरिकाबाट षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् । उनले माओवादीले सत्ता राजनीति र दाउपेजमा दिनरात समय खर्चिरहेको समेत टिप्पणी गरे । 

त्यस्तै राजावादी समर्थक र आफुहरुलाई नयाँ बैकल्पीक भन्ने उदेश्यबिहीन शक्तिहरु अहिलेको सरकारको विरुद्धमा संगठीत रुपमा नै कुप्रचारमा लागेको उनले बताए । बर्तौलाले चौतर्फी प्रहार भएपनि सरकारले एक बर्षको अवधिमा सुशासन र सेवा प्रवाह सुधारका लागि कानूनी पक्षमा धेरै महत्वपूर्ण कामहरु गर्न सफल भएको दावी गरे । 

त्यस्तै उनले रास्वपा र राप्रपाका सांसदहरु संसदीय समितिमा सहभागी हुने तर संसद बहिष्कार गर्ने नाटकको कुनै अर्थ नभएको बताए । त्यसैगरि उनले रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्दै अदालतमा निवेदन दिएकाले घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसकेको तर्क गरे । 

उनले संसदमा रास्वपा सांसदहरुले गालीगलौजको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए । अहिले गरेको विरोध सही लागेपनि पछि यही कार्यशैलिका कारण रास्वपाको अस्तीत्व खतरामा पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न...
आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा  गरौँः डा. सिके राउत

आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा गरौँः डा. सिके राउत

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका रुपमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उनले फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले धेश प्रदेश सभाको बैठक सडकमा नै  डाकेर भए...
निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

आयोजना प्रमुख थापाले भने, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित...
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।