नेभिगेशन
समाज

रास्वपा महामन्त्रीमा फर्कने मुकुलको दाबी माथिको रिट किन खारेज भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्री पदमा दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि अदालतले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश गरेको थियो भने रास्वपासँग समेत लिखित जवाफ माग गरेको थियो । आज उक्त रिटमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले ढकालको रिट नै खारेज गरिदिएको सर्वोच्च अदालतले जनाएको छ ।  

Ncell
Extreme Energy

रास्वपाले तत्कालीन महामन्त्री ढकाललाई २०८१ असार २६ गते पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि आफूलाई पार्टीले नभएर रवि लामिछानेको क्लबले निकालेको भन्दै आक्रोशित छन् । 

सर्वोच्चमा मुकुल ढकालले दायर गरेको रिट र त्यसको खारेजीको कानुनी पृष्ठभूमि के हो ? भनी अधिवक्ता सुलभ खरेलसँग सिधाकुराले प्रश्न गरेको थियो । रिट खारेजीको पक्षमा रास्वपाकाेतर्फबाट बहस गरेका उनै खरेलसँगको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...
सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

सरकारले ल्यायो भूमि, वन र विपद्सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

गगनको घोषणा– कांग्रेसमा सबै गुट सकियो, कुनै समूह छैन

‘विशेष, न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ थापाले भने।