नेभिगेशन
मुख्य समाचार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बहिष्कार

काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।

बुधबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए । सांसद चौधरीले कोशी प्रदेश सरकारले थारु भाषालाई कामकाजीको भाषा नबनाएको भन्दै आपत्ति जनाए । 

कोशी प्रदेशले थारु समूदायप्रति उपेक्षा गरेको भन्दै थारु भाषालाई पनि सरकारी कामकाजीको भाषा बनाउन उनले माग गरे ।

उनले भिजिट भिसा प्रकरणमा भएको भ्रष्टाचारको छानविनका लागि गृहमन्त्रीको राजीनामा माग गरेपनि राज्य गम्भीर नभएको आरोप लगाए ।

उनले जिवि राईलाई कहाँ लुकाइएको छ भन्दै प्रश्न गरे । उनले भिजिट भिसा प्रकरणमा आफुहरुको आन्दोलन जारी रहेको बताए । 

त्यस्तै राप्रपा सांसद दिपक बहादुर सिंहले राप्रपाले भिजिट भिसाको विरोध नगरेको तर, भिजिट भिसाका नाममा भएको असुली धन्दाको विरोध गरेको बताए । उनले उच्चस्तरीय संसदीय आयोग बन्न नसके पूर्वप्रधानन्यायधीशको नेतृत्वको छानविन समिति गठन गर्नुपर्ने माग राखे । 

त्यसपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

आयोजना प्रमुख थापाले भने, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित...
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउनेः कांग्रेस महामन्त्री थापा

फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउनेः कांग्रेस महामन्त्री थापा

उनले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरेका हुन । महामन्त्री थापाले भने, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन...
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...