नेभिगेशन
समाज

राप्रपा निकट युवा संगठनको कार्यक्रममा लफडा, ज्योति लामाद्वारा समानान्तर समिति घोषणा (भिडियो)

काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा विवाद भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा बोलाइएको अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच विवाद भएको थियो । संस्थापन पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाएर नेतृत्व चयन गर्न लागेको भन्दै राणा निकट युवाहरुले विरोध जनाएका थिए ।

Ncell
Extreme Energy

दुई पक्षबीच विवाद बढ्दै गएपछि स्थीतिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र बसेर अनुशासनहिन कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिदै अधिवेशन स्थगितको घोषणा गरेका थिए । उनले कसैलाई प्रक्रियामा चित्त बुझेको छैन भने बन्द सत्रमा छलफल हुने आश्वासन दिदा समेत असन्तुष्ट पक्षले नेतृत्वको विरोधमा नारा लगाएका थिए । 

त्यस्तै महाधिवेशनस्थलबाट बाहिरिदै गर्दा लिङदेनले बाहिरका मान्छेको घुसपैठ भएको आशंका गरे । उनले विवादका विषयलाई पार्टीले मिलाउने उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गरेपनि असन्तुष्ट पक्षले भने नयाँ कार्यसमिति समेत घोषणा गरेको छ । असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।