नेभिगेशन
मुख्य समाचार

राप्रपा निकट युवा संगठनको कार्यक्रममा लफडा, ज्योति लामाद्वारा समानान्तर समिति घोषणा (भिडियो)

काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला अधिवेशनमा विवाद भएको छ । 

बुधबार काठमाडौँमा बोलाइएको अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच विवाद भएको थियो । संस्थापन पक्षले एकलौटी ढंगले अधिवेशन अघि बढाएर नेतृत्व चयन गर्न लागेको भन्दै राणा निकट युवाहरुले विरोध जनाएका थिए ।

दुई पक्षबीच विवाद बढ्दै गएपछि स्थीतिलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र बसेर अनुशासनहिन कार्य गर्नेलाई कारवाही गर्ने चेतावनी दिदै अधिवेशन स्थगितको घोषणा गरेका थिए । उनले कसैलाई प्रक्रियामा चित्त बुझेको छैन भने बन्द सत्रमा छलफल हुने आश्वासन दिदा समेत असन्तुष्ट पक्षले नेतृत्वको विरोधमा नारा लगाएका थिए । 

त्यस्तै महाधिवेशनस्थलबाट बाहिरिदै गर्दा लिङदेनले बाहिरका मान्छेको घुसपैठ भएको आशंका गरे । उनले विवादका विषयलाई पार्टीले मिलाउने उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गरेपनि असन्तुष्ट पक्षले भने नयाँ कार्यसमिति समेत घोषणा गरेको छ । असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

जाडोयाम सुरु भएसँगै बजारमा सुरु भयो बदामको बिक्री(तस्बिरहरु)

पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न...
आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा  गरौँः डा. सिके राउत

आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा गरौँः डा. सिके राउत

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका रुपमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उनले फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले धेश प्रदेश सभाको बैठक सडकमा नै  डाकेर भए...
निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै  तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

आयोजना प्रमुख थापाले भने, “विज्ञले अनुगमन गरे पश्चात पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँबाट सेवा सुरु हुनेछ । नेपालगञ्जमा निर्मित...
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।