नेभिगेशन
समाज

झुठ्ठा कथा सिर्जना गरेर सदनलाई सोसल मिडियाको लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाइयोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरुले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए । 

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर, अन्य दलहरुको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे । लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए । 

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के ग¥यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको टिप्पणी गरे । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताए । 

भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने उनले बताए । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने दावी गरे । 

भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत विदेश जाने सवै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उनले बताए । 

यसका पछाडी मुलुक र नागरिकको हित नभइ इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गरे । 

त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको विकास र समृद्धि लगाएतका क्षेत्रका भएका कामकारवाहीका बारेमा जानकारी गराए । वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उनको भनाइ छ । उनले बहुबिवाहलाई मान्यता दिने गरि कानून ल्याउन लागको भन्ने हल्ला सहि नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बहुबिवाहलाई कुनैपनि हालतमा मान्यता नदिने बताए । उनले एकताबद्ध भएर देशको बिकासमा लाग्न आह्वान समेत गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।